+
+

‘मेगालोपोलिस’लाई ७ मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’ (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते ११:५९
फिल्मको वर्ल्ड प्रिमियर समारोहपूर्व कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा ‘मेगालोपोलिस’का निर्देशक र कलाकार

काठमाडौं । यस वर्षको बहुप्रतीक्षित हलिउड फिल्म ‘मेगालोपोलिस’लाई फ्रान्समा जारी ७७ औं कान्स फिल्म फेस्टिभलमा विश्व प्रिमियर गरिएको छ । फिल्मले सात मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको छ ।

विश्वकै महान् फिल्म मानिने ‘गडफादर’ निर्देशक फ्रान्सिस फोर्ड कोप्पोला निर्देशित यो फिल्मलाई लिएर कान्समा पर्खाइ थियो । पाँचपटक ओस्कार अवार्ड जितेका ८५ वर्षीया कोप्पोला फिल्म हेर्न आफ्ना कलाकारसहित ग्रान्ड थिएटर लुमियरमा उपस्थित थिए ।

उभिएर सम्मान प्राप्त गर्दैगर्दा निर्देशक कोप्पोलालाई उनका ‘कटन क्लब’ स्टार रिचर्ड गेर र कान्स प्रमुख थिएरी फ्रिमाउक्सले अँगालो हालेर बधाई दिए । फिल्म स्क्रिनिङपछि निर्देशक कोप्पोलाले भने, ‘सबैलाई धन्यवाद, मलाई कस्तो महसुस भइरहेको छ भन्ने भन्न यतिबेला शब्दहरु असम्भव छन् ।’

उनले कलाकारलाई आफ्नो परिवार भन्दै चिनारी गराए । फिल्मको अन्तिम सन्देशलाई उनले जोड दिए, ‘हामीले हाम्रो परिवारप्रति निष्ठा राख्नुपर्छ । बच्चाहरुले हामीबाट सुन्दर संसार पाउनुपर्छ ।’

त्यसअघि ‘मेगालोपोलिस’को टिम रेडकार्पेटमा सहभागी रह्यो । सुपरस्टार एडम ड्राइवरसहितका कलाकार रेडकार्पेटमा सहभागी थिए । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन पनि रेडकार्पेटमा सहभागी रहिन् ।

फिल्मको कथा सारांश यस्तो छ– ‘एउटा दुर्घटनाले नयाँ रोम भनिने सडिरहेको महानगरलाई ध्वस्त पार्छ । समयलाई नियन्त्रण गर्ने शक्ति भएको एक आदर्शवादी वास्तुकार सेजर क्याटिलिनाले यसलाई दिगो युटोपियाको रूपमा पुनर्निर्माण गर्ने लक्ष्य राखेको छ । जबकि, उनको विपक्षी, भ्रष्ट मेयर फ्रान्कलिन सिसेरो, प्रतिगामी यथास्थितिमा प्रतिबद्ध छन् । तिनीहरूको बीचमा फ्रयांकलिनकी छोरी जुलिया छिन्, जो आफूले सामाजिक छविबाट पाएको प्रभावबाट दिग्दार भएर जीवनको अर्थ खोज्नतिर लाग्छिन् ।’

यो फिल्मलाई आइम्याक्सले रिलिज गर्ने भेराइटीले जनाएको छ ।

अन्य तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?