+
+
Shares

नीलहिरा समाजद्वारा फिल्म ‘एलिफेन्ट्स इन द फग’ टोलीलाई सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कान्स फिल्म फेस्टिभलमा जुरी प्राइज विजेता फिल्म ‘एलिफेन्ट्स इन द फग’का सदस्यहरूलाई नीलहिरा समाजले काठमाडौंमा सम्मान गरेको छ ।
  • सम्मान कार्यक्रममा अभिनेत्री पुष्पा थिङ लामाले कला क्षेत्रमा स्थापित हुन निरन्तर मेहनत, लगनशीलता र संघर्ष आवश्यक पर्ने बताइन् ।
  • उनले फिल्मले नेपाली तथा एलजीबीटीक्यूए समुदायका कथालाई विश्वमञ्चमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरिन् ।

काठमाडौं । कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ जित्न सफल नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’का सदस्यहरूलाई नीलहिरा समाजले सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा अभिनेत्री पुष्पा थिङ लामाले कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न निरन्तर मेहनत, लगनशीलता र संघर्ष आवश्यक पर्ने बताइन् ।

उनले लंैगिक अल्पसंख्यक (एलजीबीटीक्यूए) समुदायको अधिकार तथा मानवअधिकारका क्षेत्रमा काम गरेपछि कला क्षेत्रमा प्रवेश गर्दा धेरै चुनौतीको सामना गर्नुपरेको अनुभव सुनाइन् ।

कला क्षेत्रमा आउँदा आवश्यक अनुभव र ज्ञान नभएकाले सिक्न समय लागेको भए पनि निरन्तर प्रयास र मेहनतले आफूलाई स्थापित गर्न सफल भएको उनले बताइन् ।

उनले भनिन्, ‘जुन सुकै क्षेत्र होस्, सजिलो कहाँ हुन्छ र ? काम गर्न सजिलो हुँदैन गाह्रो हुन्छ । तर दुःख, मेहनत र लगनशील भएर काम गर्‍यो भने, सबै कुरा प्राप्त गर्न सकिँदो रहेछ भन्ने चाहिँ मलाई लागेको छ ।’

‘मानवअधिकार अभियन्ताको रुपमा काम गर्दा र त्यसपछाडिको यो कला क्षेत्रमा हामफाल्ने यो जुन अवधि थियो, त्यो सजिलो चाहिँ पक्कै थिएन । विभिन्न चुनौतीहरू थिए’ सो अवसरमा उनले भनिन्, ‘कला क्षेत्रमा प्रवेश गर्न जाँदा, पहिला कुरा मलाई त त्यो अनुभव, ज्ञान केही थिएन, अनि त्यो सिक्न नै मलाई टाइम लाग्यो, तर सम्भवत मैले सिके पनि, राम्रोसँग मेहनत पनि गरेँ, खुसी लाग्छ, गर्व लाग्छ ।’

आफू अभिनित फिल्मले प्राप्त गरेको सफलताले नेपाली तथा एलजीबीटीक्यूए समुदायका कथालाई विश्वमञ्चमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको धारणा उनले व्यक्त गरिन् ।

विश्वले चलचित्र र यसले उठाएका विषयवस्तुलाई स्वीकार गरिसकेको उल्लेख गर्दै उनले अब नेपाली दर्शकले पनि चलचित्रलाई आत्मसात गर्ने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्, ‘विश्व मञ्चले हेरिसक्यो, अब नेपालमा चाहिँ हेर्न बाँकी छ । विश्वले चलचित्र र यसले उठाएका विषयवस्तुलाई स्वीकार गरिसकेको छ । अब नेपाली दर्शकले पनि चलचित्रलाई आत्मसात गर्ने विश्वास छ ।’

पुष्पाले ‘तिनीहरू’ मानव संवेदनामा आधारित आमा-छोरीको संघर्षपूर्ण जीवनकथा भएको बताउँदै समाजको छायाँमा पारिएका मानिसको कथा प्रस्तुत गरिएको जानकारी दिइन् । उनले फिल्म हेरेर यसको सन्देश बुझ्न दर्शकलाई आग्रह समेत गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?