News Summary
Generated by OK AI. Editorially reviewed.- कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको चलचित्र 'एलिफेन्ट्स इन द फग'की मुख्य अभिनेत्री पुष्पा लामा काठमाडौं फर्किएकी छन् ।
- विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू गैरकलाकार भए पनि निर्देशक अविनाशविक्रम शाहको विश्वासका कारण भूमिका निभाउन सफल भएको बताइन् ।
- उनले फरक पहिचानका कारण अनेकौं चुनौती भोग्नुपरे पनि मानवता र प्रतिष्ठामा आधारित यस चलचित्रले अन्तर्राष्ट्रिय मञ्चमा सफलता पाएको उल्लेख गरिन् ।
काठमाडौं । यतिबेला अन्तर्राष्ट्रिय मिडियामा कुनै नेपाली कलाकारको चर्चा छ भने त्यो हो- पुष्पा लामा । कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको फिल्म ‘एलिफेन्ट्स इन द फग’को शीर्ष पात्रको रुपमा उनले अभिनय गरेकी छन् ।
मिडिया चासोदेखि धेरै पक्षमा पुष्पा आकर्षणको केन्द्र बनिन् । यो फिल्मका लागि ३ वर्षदेखि लागिपरेकी पुष्पा वास्तवमा नन-एक्टर हुन् । त्यो भन्दा पनि उनी तेस्रो लिंगी महिला हुन् ।
कथावस्तु पनि तेस्रो लिंगी महिलाको संघर्षमा आधारित भएकाले निर्देशक अविनाशविक्रम शाहले कथालाई सुहाउँदो नन-एक्टर खोजिरहेका थिए । त्यो मेसोमा पुष्पा भेटिइन् । पुष्पाको क्षमतामा विश्वास गर्दै अविनाशले उनलाई कलाकारको आकार दिए अनि शीर्ष पात्रमा डेब्यू गराए ।
कान्सबाट काठमाडौं फर्किने क्रममा विमानस्थलमा सरकारबाट स्वागत थाप्दै पुष्पाले भनिन्, ‘म एक्टर होइन, ननएक्टर हुँ, जसलाई एउटा आकार र ढाँचा दिएर पात्र निर्माणमा काम गर्ने अविनाशजी लगायत सबैलाई धन्यवाद ।’
उनले अघि भनिन्, ‘सबैभन्दा ठूलो कुरा यो मिहेनत, विश्वास र लगनशिलताको जुन परीक्षाको घडी थियो, त्यो पार गर्न हामी सम्पूर्ण एलिफेन्ट्स इन द फगको टिम सफल भएको जस्तो लाग्छ ।’
मानवता र प्रतिष्ठामा आधारित फिल्म भएकाले पनि यो फिल्मले कान्समा पुरस्कार जितेको विश्वास पुष्पालाई छ । यसबीच धेरै चुनौती आएको र त्यसलाई झेलेर अघि बढेको उनी सुनाउँछिन् ।
उनी भन्छिन्, ‘म फरक पहिचानको व्यक्ति पनि हो । म तेस्रो लिंगी महिला पनि हो । यो फरकधारको चलचित्र बनाउँदै गर्दा चुनौतीहरू धेरै नै थियो । विश्वास केमा थियो भने, फरक धारको चलचित्र भएपनि मानवता र प्रतिष्ठामा आधारित चलचित्र भएको हुनाले पनि मलाई लाग्छ, यसले राम्रो काम गरेको थियो ।’
‘वास्तवमा मलाई अविनाशले विश्वास गरेको हो, हत्तपत्ती त्यो गाह्रो हुन्छ । यो सत्य हो । यो चरणसम्म आइपुग्नलाई एकदमै सहज भने थिएन’ भन्छिन्, ‘धेरै चुनौती र समस्यलाई झेलेर, बुझेर हामीले यो फिल्म कम्प्ल्टि गरेका छौं ।’
प्रतिक्रिया 4