News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभल फ्रान्समा भैरहेको छ र पहिलोपटक नेपाली कथानक फिल्म ‘एलिफेन्ट्स इन द फग’ प्रिमियर हुँदैछ।
- अदिती बुढाथोकीले बीएमडब्लु गाडीको भारतीय प्रतिनिधिको रुपमा कान्सको रेडकार्पेटमा सहभागी भएकी छन्।
- अदितीले सामाजिक सञ्जालमा कान्सबाट फोटो सेयर गर्दै बीएमडब्लू इन्डियाप्रति आभार व्यक्त गरेकी छन्।
काठमाडौं । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभल अहिले फ्रान्समा भैरहेको छ । पहिलोपटक नेपाली कथानक फिल्म ‘एलिफेन्ट्स इन द फग’ प्रिमियर हुने भएपछि नेपाली फिल्म वृत्तमा उत्साहको माहोल छ ।
यति मात्र होइन, नेपाली उद्यमीदेखि सेलिब्रेटीसम्मले यसवर्षको संस्करणमा रेडकार्पेट हिँडेका छन् । यस्तोमा, अभिनेत्री तथा मोडल अदिती बुढाथोकीले सोमबार कान्सको रेडकार्पेटमा आफूलाई प्रस्तुत गरिन् ।
यद्यपी, उनी बीएमडब्लु गाडीको भारतीय प्रतिनिधिको रुपमा ब्रान्ड प्रवर्धन गर्न कान्समा सहभागी भएकी हुन् । विश्वचर्चित विलासी वस्तु उत्पादन गर्ने ब्रान्डहरूले कान्समा प्रवर्धन अभियान चलाउने गर्छन् ।
अदितीले सामाजिक सञ्जालमा कान्सबाट आकर्षक फोटो सेयर गरेकी छन् । उनले यो मौका दिएकोमा बीएमडब्लू इन्डियाप्रति आभार व्यक्त गरेकी छन् ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4