News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका सांसद धु्रवराज राईले केन्द्रीय सरकारको जनतामाझ उपस्थिति नभएको भन्दै आपत्ति जनाए।
- राईले चैतमा भोजपुरमा हावाहुरीले ६५ घर र ८ स्कुलको छानो उडाएकोमा सरकारले राहत नदिएको बताए।
- सांसद राईले सरकारलाई जनताको पीडा सम्बोधन गर्न पुनः दबाब दिए र गृहमन्त्रीलाई भेटेर जानकारी गराएको उल्लेख गरे।
५ जेठ, काठमाडौं । प्रतिपक्ष दल श्रम संस्कृति पार्टी, नेपालले केन्द्रीय सरकारको जनतामाझ उपस्थिति नभएको भन्दै आपत्ति जनाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उक्त पार्टीका सांसद धु्रवराज राईले केन्द्रीय सरकार खोइ ? भनी प्रश्न गरे ।
हावाहुरीका कारण गत चैतमा भोजपुरका ६५ वटा घर र ८ वटा स्कुलको छानो उडाएको यति धेरै समय हुँदा पनि सरकारले कुनै पनि राहत नदिएकोमा उनको आपत्ति थियो ।
सांसद राईले जनताको सो पीडालाई सम्बोधन गर्न सरकारलाई पुन: दबाब दिए ।
‘केन्द्रीय सरकार खोइ ? चैतमा हावाहुरीको भत्काएको घरको बारेमा सरकारलाई अनुरोध गरेको थिएँ । आजसम्म पनि सरकारको कुनै पनि राहत ती घरहरूमा पुगेका छैन,’ उनले भने, ‘त्यस्तै गरेर ८ वटा स्कुलका छानोहरू उडाएको छ । यसबारे मैले सदनमा सरकारलाई अवगत गराएको थिएँ । यस विषयमा गृहमन्त्रीलाई हामीले भेटेर भनेका थियौं । यो जनताको आवाजहरू नसुनेको कुराहरू अब चाँही सुन्ने हो कि भनेर उभौली साकेलाको शुभकामना दिनु चाहन्छु ।’
सांसद राईले पीडामा रहेका जनताको आवाज सरकार सुनुवाइ नगरेको गुनासो पनि गरे ।
प्रतिक्रिया 4