+
+

ट्रम्पलाई बलात्कारी चित्रण गरिएपछि फिल्म ‘द एप्रेन्टिस’ विवादमा, कान्समा वर्ल्ड प्रिमियर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १२:३६

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपतीय निर्वाचनका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पलाई अदालत, मुद्दा मामिला र विवादले छाडेको छैन । राष्ट्रपतीय कार्यकालमा भएगरेका कुरालाई लिएर उनीविरुद्धको मुद्दा न्युयोर्क अदालतमा चलिरहेको छ ।

यही तनावबीच उनलाई थप तनाव दिने काम गरेको छ, उनको जीवनीबारेको फिल्म ‘द एप्रेन्टिस’ले । नेपाली समयानुसार गएराति कान्स फिल्म फेस्टिभलमा यो फिल्मको वर्ल्ड प्रिमियर भएको छ ।

फिल्मले ट्रम्पलाई उनकी पहिली पत्नी इभानामाथि कुटपिट गर्ने बलात्कारीको रुपमा चित्रण गरेको छ । इरानी–डेनिस फिल्म निर्माता अली अब्बासी निर्देशित यो फिल्मले दम्पतीको सम्बन्धविच्छेदको प्रक्रियामा वर्णन गरिएको सन् १९८९ को घटनालाई दर्शाउँछ ।

‘द एप्रेन्टिस’को अन्त्यतिर इभानाले आफ्नो शारीरिक रूपलाई बेवास्ता गरेपछि ट्रम्पले क्रोधित प्रतिक्रिया दिंदै भनेका छन्– तिम्रो अनुहार सुन्तलाजस्तो छ । तिमी मोटाइरहेकी छौ । कुरुप हुँदैछौ र तिमी तक्लु हुँदैछौ ।’

त्यसपछि ट्रम्पले श्रीमतीलाई जबरजस्ती भुईंमा लगेर बलात्कार गरेको चित्रण गरिएको छ । ‘के मैले तिम्रो जि–स्पट फेला पारेको छु,’ उनले फिल्ममा भनेका छन् ।

यो दृश्यले सन् १९९० को उनको सम्बन्धविच्छेद बयानमा इभाना ट्रम्पको बयानलाई दर्शाउँछ । जहाँ उनले ट्रम्पको सर्जरीको केही समयपछि भएको यस्तै आक्रमणबारे बोलेकी छिन् । तर इभानाले सुरुमा यो घटनालाई बलात्कारको संज्ञा दिएपछि यो दाबी फिर्ता लिएकी थिइन् ।

फिल्म ‘द एप्रेन्टिस’को कान्समा वर्ल्ड प्रिमियर गरिएको छ र यसले ११ मिनेट स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको छ । फिल्ममा सेबास्टियन स्टानले ट्रम्पको भूमिकामा अभिनय गरेका छन् ।

डेडलाइन म्यागजिनका अनुसार ट्रम्पका अभियानकर्ताले फिल्ममा समावेश गरिएको बलात्कारको दृश्य र संवादमा आपत्ति जनाउँदै अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएका छन् ।

‘हामी यी ढोंगी फिल्म निर्माताको दाबीलाई सम्बोधन गर्न मुद्दा दायर गर्नेछौं,’ ट्रम्प अभियानका स्टीवन चेउङले सोमबार निर्देशक अली अब्बासीको द अपरेन्टिस फिल्ममा घोषणा गरे । ‘यो फोहोर विशुद्ध काल्पनिक हो, जसले झुटलाई सनसनीपूर्ण बनाउँछ,’ प्रवक्ता चेउङले प्रतिस्पर्धा फिल्मको बारेमा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?