+
+

चोभार बन्दरगाहबाट ८३ करोडको आयात, निर्यात शून्य

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते १३:५१
फाइल तस्वीर

१० जेठ, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को १० महिनाको अवधिमा काठमाडौंको सुक्खा बन्दरगाहबाट ८३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । निर्यात भने शून्य रहेको छ ।

भन्सार विभागका अनुसार चोभारबाट साउन–वैशाखमा ८२ करोड ८६ लाख ५६ हजार रुपैयाँ बराबरको आयात भएको छ । यो बन्दरगाहबाट कुल आयातको ०.०६ प्रतिशत वस्तु आयात भएको छ । १० महिनामा कुल १३ खर्ब ३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको । निर्यात १ खर्ब २६ अर्ब रुपैयाँ बराबरको भएको छ ।

नेपालमा कुल २९ भन्सार विन्दु र सुक्खा बन्दरगाहरुबाट अन्तर्राष्ट्रिय व्यापार भएको भन्सार विभागले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै व्यापार वीरगञ्ज भन्सारबाट हुने गरेको छ । यो भन्सारबाट ४ खर्ब ४७ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन कुल आयातको ३४.३२ प्रतिशत हो । यस भन्सारबाट २५ अर्ब ४७ करोड रुपैयाँ बराबरको वस्त निर्यात भएको छ । जुन कुल निर्यातको २०.१९ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?