+
+

चुक्ता पूँजी पुर्‍याउन युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १०:२८

११ जेठ, काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले न्यूनतम चुक्ता पूँजी पुर्‍याउनका लागि १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको संचालक समितिको बैठकले असार मसान्तसम्म तोकिएको चुक्ता पूँजी पुर्‍याउन १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

नियामक निकाय बीमा प्राधिकरणको स्वीकृतिपछि हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्न साधारणसभामा पेश गरिने कम्पनीले जनाएको छ । निर्जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्म साढे २ अर्ब चुक्ता पूँजी पु¥याउनुपर्ने व्यवस्था गरिएको छ ।

हाल यस कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ छ । हकप्रद र बोनस सेयर वितरण गरी कम्पनीले साढे २ अर्ब चुक्ता पूँजी पुर्‍याउने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?