+
+

लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १६:२७

११ जेठ, बुटवल । मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्किंदै गर्दाको प्रतिकको रूपमा रहेको शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट दरबार लगिएको छ ।

सिद्धार्थ गौतमलाई बुद्ध पूर्णिमाको अर्काे दिन लुम्बिनीबाट गृहनगर कपिलवस्तु लगिएको परम्परा अनुसार शुक्रबार शिशु बुद्धलाई बग्गीमा चढाएर तिलौराकोट दरबार लगिएको हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन र लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेलाई शिशु बुद्व (बोधिसत्व सिद्वार्थ) को धातुको मूर्ति हस्तान्तरण गरी प्राचीन तिलौराकोट दरबार पठाइएको हो ।

मायादेवी माइतीघर जाने क्रममा लुम्बिनीमा जन्मेका बुद्धलाई गृहनगर तिलौराकोट फर्कंदाको क्षणलाई स्मरण गरी बोधिसत्व बुद्धको मूर्तिको शोभायात्रा गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

कोषले २५६७ औं बुद्ध जयन्तीको अवसरमा शिशु बुद्धलाई बाजागाजा सहित २६ किमिको शोभायात्रा निकालेको हो । राजकुमार सिद्धार्थ जन्मिएपछि राजधानी कपिलवस्तु (तिलौराकोट) फर्किंदाको २६ सय वर्षअघिको क्षणलाई स्मरण गराउने कोसिस गरिएको परिषद् सदस्य गोपिकृष्ण शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?