+
+

१ प्रतिशत घट्यो सेयर बजार, होटल समूहमा आकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १५:१५

१३ जेठ, काठमाडौं । आइतबार सेयर बजार १.०३ प्रतिशत घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा २२.१४ अंक घटेसँगै नेप्से २१०९ मा कायम भएको छ । लगातार अघिल्ला ५ कारोबार दिनसम्म बजार बढेको थियो ।  दिनभर कुल ४ अर्ब ४४ करोडको कारोबार भयो ।

जम्मा २९ कम्पनीको मूल्य बढ्दा २१५ को घट्यो भने ३ को स्थिर रह्यो । होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा धेरै ३.३७ प्रतिशत बढ्यो । अरु समूहका सूचक घटेका छन् । बैंकिङ ०.८७, विकास बैंक १.१६, फाइनान्स २.१९, हाइड्रोपावर १.६२, लगानी १.४, जीवन बीमा ०.८०, उत्पादन ०.८६, माइक्रोफाइनान्स १.७८, निर्जीवन बीमा १.०१, अन्य ०.८९ र व्यापार समूह १.२३ प्रतिशतले घटे ।

होटल समूहकै कालिन्चोक दर्शनको मूल्य १० प्रतिशत बढ्यो । सिटी होटलको ८.२४, बुद्धभूमि हाइड्रोपावरको ७.३०, बाराही हाइड्रोपावरको ६.६८, आत्मनिर्भर लघुवित्तको ५.७, रिडी पावरको ५.५ तथा नारायणी डेभलपमेन्ट बैंकको ५.३ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै इनिफिनिटी लघुवित्तको ६.३, विन नेपाल लघुवित्तको ६.३ र भगवती हाइड्रोपावरको मूल्य ५.८८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर, फस्र्ट माइक्रोफाइनान्स, नबिल बैंक र सोल्टी होटल क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?