+
+

प्रतिव्यक्ति आयको वृद्धिदर निरन्तर घट्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १७:०७

१३ जेठ, काठमाडौं । नेपालको प्रतिव्यक्ति आय पछिल्ला आर्थिक वर्षहरूमा निरन्तर घट्दै गएको पाइएको छ । खासगरी कोरोना महामारी र त्यसले अर्थतन्त्रमा असर पारेयता प्रतिव्यक्ति आयमा समेत नकारात्मक प्रभाव परेको पाइएको छ ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार अहिले नेपालको प्रतिव्यक्ति आय वार्षिक १ हजार ४३४ डलर रहेको छ ।

गत आर्थिक वर्षको तुलनामा यस वर्ष ५.७ प्रतिशले मात्र प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन बढेको हो । तर, पछिल्लो १० वर्षको तथ्यांक हेर्दा भने प्रतिव्यक्ति आय औसतः ९.१ प्रतिशतका दरले बढेको थियो ।

पछिल्लो १० वर्षको तथ्यांक हेर्दा आव २०७३/७४ मा सबैभन्दा धेरै १६.९ प्रतिशतको वृद्धिदर रहेको थियो । सबैभन्दा कम भने आव २०७६/७७ मा थियो । सो वर्ष ऋणात्मक वृद्धिदर भई ०.१ प्रतिशतमा झरेको थियो । त्यसपछिको वर्ष १०.९ प्रतिशत र आव २०७८/७९ मा १३.३ प्रतिशतले बढेको भए पनि पछिल्लो दुई आर्थिक वर्षमा भने औसतभन्दा वृद्धिदर खुम्चिएको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?