+
+

९ हजार ३०० उद्योग दर्ता, ७ लाखलाई रोजगारी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १८:३४

१३ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म उद्योग विभागअन्तर्गत कुल ९ हजार ३४४ उद्योग दर्ता भएका छन् ।

आर्थिक सर्वेक्षण २०८०/८१ को तथ्यांकअनुसार यी उद्योगबाट ६ लाख ९८ हजार ५१० रोजगारी सिर्जना भएको छ ।

ठूला उद्योगले प्रतिउद्योग १३९ जनालाई रोजगारी दिएका छन् । प्रति मझौला उद्योगले ९० र सानाले ५५ जनालाई रोजगारी दिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी हिस्सा साना उद्योगको छ । कुल उद्योगमा साना उद्योगको संख्या ६२.४ प्रतिशत रहेको छ । त्यस्तै मझौला उद्योगको संख्या २२.६ प्रतिशत र ठूला उद्योगको हिस्सा १५ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

गत फागुनसम्म कुल लगानी स्वीकृत ३० खर्ब पुगेको छ । कुल लगानी स्वीकृतमा ठूला उद्योगको हिस्सा ८३.४ प्रतिशत, मझौलाको १०.१ प्रतिशत र साना उद्योगको हिस्सा ६.५ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?