+
+

नारायणगढ-मुग्लिन सडकमा ३ बस र एउटा ट्रक ठोक्किंदा एक जनाको मृत्यु, २३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते ६:५२
Photo Credit : Mugling Bazar

१४ जेठ, चितवन । चितवनको नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत् भरतपुर महानगरपालिका वडा नं. २९ मा चारवटा सवारी साधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन् ।

परिचय खुल्न बाँकी रहेका अन्दाजी १७ वर्षीय एक युवकको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।

काठमाडौंबाट प्युठान जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट बर्दिवासतर्फ जाँदै गरेको ना७ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस आइतबार राति साढे १२ बजेतिर एकैठाउँमा ठोक्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बस र ट्रक सुरुमा ठोक्किएपछि अन्य सवारी साधनहरु पनि त्यहीँ ठोक्किएका थिए ।

दुर्घटनाका घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । दुर्घटनास्थलबाट सबै सवारी साधनहरु हटाएर आज बिहान करिब ५ बजेदेखि सडक दुईतर्फी रुपमा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेका घाइतेहरू

१. प्युठान नौबहिनी गाउँपालिका-७  का २८ वर्षीय सुधन के.सी (मध्यम अवस्था)

२. प्युठानको प्युठान नगरपालिका- १० का ३६ वर्षीय निरज के.सी (मध्यम अवस्था)

३. प्युठानकै मल्लरानी गाउँपालिका-२ बस्ने ३६ वर्षीया निर्मला भुषाल (सख्त घाइते)

४. प्युठानकै गौमुखी गाउँपालिका-७ का २५ वर्षीय सुरज सुनार (प्रहरी परिसर ललितपुरमा कार्यरत) (मध्यम अवस्था) .

५. अर्घखाँची शीतगंगा नगरपालिका- ८ की २९ वर्षीया पवित्रा दर्लामी (सामान्य)

६. प्युठानको झिमरुक गाउँपालिका-७ का २८ वर्षीय पुरन गिरी (मध्यम अवस्था)

७‍. प्युठानकै प्यूठान नगरपालिका-८ का २० वर्षीय समिर केएम (मध्यम अवस्था)

८. प्युठानकै सरुमारानी गाउँपालिका-३६ वर्षीय तारापती बुढाथोकी (मध्यम अवस्था)

९. प्युठानकै सरुमारानी-४ की ३५ वर्षया मुनादेवि बुढाथोकी (मध्यम अवस्था)

१०. प्युठानकै ऐरावती गाउँपालिका-६ की ५६  वर्षीया मनदेवि थापा (सख्त घाइते)

११. प्युठानकै ६० वर्षीय पदम थापा (सामान्य) ।

१२. प्युठानकै प्युठान नगरपालिका-१० का २१ वर्षीय सुशील के.सी (मध्यम अवस्था)

१३. प्युठानकै प्युठान नगरपालिका-४ की १७ वर्षीया प्रतिभा भण्डारी (मध्यम अवस्था)

१४. प्युठानकै प्युठान नगरपालिका- ८ की १८ वर्षीया सलिसा थापा (मध्यम अवस्था)

१५. प्युठानकै प्युठान नगरपालिका-१ का ३८ वर्षीय प्रकाश केसी (मध्यम अवस्था)

१६. प्युठानकै प्युठान नगरपालिका-८ की ५३ वर्षीया पार्वता के.सी (मध्यम अवस्था)

१७. प्युठानकै नौबहिनी गाउँपालिका-३ का ३२ वर्षीय गौरव झाँक्री (सख्त घाइते)

१८. प्युठानकै गौमुखी गाउँपालिका-३ का २९ वर्षीय दिपक सुनार (सामान्य)

१९. अर्घाखाँचीको शीतगंगा नगरपालिका- ८ का ४९ वर्षीय लामबहादुर दर्लामी (मध्यम अवस्था)

२०. प्युठानकै प्युठान नगरपालिका-८ का २५ वर्षीय सन्तोष के.सी. (सख्त घाइते)

२१. ट्रकको सह-चालक, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- २१ वर्षीय राजन सुवेदी (सख्त घाइते)

२३. ट्रक चालक, सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-५ का २६ वर्षीय सुवास कार्की (सामान्य घाइते, उनी डिस्चार्ज भएपछि प्रहरीको नियन्त्रणमा छन् ।)

तस्वीर :Mugling Bazar  फेसबुक पेजबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?