+
+

गुल्मीमा पनि कपडा बैंक स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १०:१९

१७ जेठ, गुल्मी । चन्द्रकोट गाउँपालिकामा जिल्लामै पहिलोपटक कपडा बैंक स्थपना भएको छ ।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले शान्तिपुर बसपार्कमा राखिएको संकलन बक्स खोली बैंकको शुभारम्भ गरेका हुन् ।

उद्योग वाणिज्य संघ शान्तिपुरको सहयोगमा कपडा बैंक स्थापना गरिएको हो ।

मानवीय कार्यअन्तर्गत कपडा बैंकको स्थापना गरिएको उद्योग बाणिज्य संघ शान्तिपुरका अध्यक्ष तेजेन्द्र थापाले बताए ।

उनले सबैले आफ्ना पुराना कपडाहरू कपडा बैंकमा जम्मा गरी पर्यावरणमा पर्ने नकरात्मक असरलाई समेत न्यूनीकरण गर्न सकिने बताए।

चन्द्रकोट गाउँपालिका अध्यक्ष केसीले यो कार्य निकै प्रसंसनीय र परोपकारी भएको हुँदा गुल्मीमा सम्पूर्ण पालिकाहरुमा कपडा बैंक आवश्यकता रहेको बताए  ।

उनले भौतिक विकाससँगै सामाजिक विकास, मानवीय विकास र चेतनाको विकास हुनुपर्ने बताए ।

कपडा बैंकका संचालक कमल जिसीले बैंक संचालन भएको चार महिनाको अवधिमा ७०० घरपरिवार आगोलागी पीडितहरू कपडा प्रदान गरिएको बताए ।

चन्द्रकोट गाउँपालिकाको बसपार्कस्थित संकलन बक्स राखिएको छ भने संकलित कपडाहरुलाइ पुन: प्रशोधन (रि-साइकल) गरी आवश्यकताका आधारमा वितरण गरिने चन्द्रकोट गाउपालिका वडानम्बर-२ का वडाध्यक्ष कमल केसीले बताए ।

क्लोथ एण्ड फूड बैंक नेपालले आगामी २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने गरी अभियान चलाएको छ ।

अहिलेसम्म १६० भन्दा बढी स्थानीय सरकार यो अभियानमा जोडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?