+
+

भरतपुरमा राष्ट्रिय कविता प्रतियोगिता

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १२:५६

काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय कविता प्रतियोगिता आयोजना गरिएको छ । भरतपुरको चम्पानगरस्थित नवसाहित्य मञ्जरीले आयोजना गरेको प्रतियोगितामा देशका विभिन्न क्षेत्रबाट आएका सर्जकले कविता प्रस्तुत गरे ।

प्रतियोगिताको प्रथम पुरस्कार बाराकी सरु बस्नेतले जितिन् । ‘देशका लागि युवाको खाँचो’ विषयमा देशभरबाट संकलित २०० कवितामध्ये निर्णायकहरूको मूल्यांकनपछि उत्कृष्ट नौवटा कविता छनोट गरेर अन्तिम प्रतिस्पर्धा गरिएको थियो ।

प्रतियोगितामा नुवाकोटका कृष्णप्रसाद पौडेल दोस्रो र दाङका हरिप्रसाद पौडेल तेस्रो भए । यस्तै सुनसरीका मुक्ति पोखरेल र बाँकेका पदमावती रिजालले सान्त्वना पुरस्कार प्राप्त गरेको नवसाहित्य मञ्जरीकी सचिव रमना अधिकारीले जानकारी दिइन् ।

प्रतियोगितामा प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना दुईजनाले जनही पाँच हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरे ।

विजेताहरुलाई भरतपुर महानगरपालिका–१३ का वडाध्यक्ष प्रकाश दवाडीले पुरस्कार हस्तान्तरण गरेका थिए । कविता मूल्यांकनका लागि साहित्यकार छन्दवादी कवि हरिप्रसाद रिमाल, गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोविन्द विनोदी र वरिष्ठ साहित्यकार केशवराज भट्टराई आमोदीसहितको तीन सदस्यीय मूल्यांकन समिति बनाइएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानको तर्फबाट सदस्य रामहरि श्रेष्ठ, अमर न्यौपाने, भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, कवि प्रा. डा. देवी नेपालको सहभागिता थियो ।

आयोजक संस्थाका अध्यक्ष सूर्यमणि रेग्मीले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउँदै मौलिक साहित्यको प्रवर्द्धन, प्रचारप्रसार तथा प्रतिभाको पहिचान र उत्प्रेरणाका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?