+
+
Shares

ललितपुरको सुयोग सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते १८:३९

१८ असार, काठमाडौं । ललितपुरको मानभवनस्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीन जना पक्राउ परेका छन् ।

प्रहरीले सुयोगका अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कवालाई पक्राउ गरेको हो । उनीहरूले सहकारीको ७ करोड १३ लाख रुपैयाँ हिनामिना गरेको प्रहरीले जनाएको छ ।

सहकारीमा कुल निक्षेप ४५ करोड रहेको पाइएको छ ।

तीन जनाविरुद्ध गत चैतमा ठगीसम्बन्धी उजुरी दर्ता भएपछि उनीहरू फरार भएका थिए । प्रहरीले बारा, ललितपुर र भक्तपुरबाट तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

अध्यक्ष महर्जन बैंकिङ कसुर मुद्दामा समेत फरार रहेका प्रतिवादी भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?