+
+

एक्वा त्रिदेव जारको पानीमा भेटियो ‘कोलिफर्म’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १८:०१

२९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले पिउनका लागि प्रयोग हुने पानीको जार परीक्षण गर्दा एउटा कम्पनीको जारको पानीमा दिसाजन्य पदार्थ (कोलिफर्म) भेटिएको छ ।

महानगरले २५ साउनमा ५ वटा जार कम्पनीको पानीलाई नमुना परीक्षणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ल्याबमा पठाएको थियो ।

मंगलबार आएको ल्याब रिपोर्टमा एक्वा त्रिदेव कम्पनीको जारको पानीमा कोलिफर्म (दिसाजन्य पदार्थ) देखिएको हो ।

‘सामान्यतया कोलिफर्म १ सय हुनुपर्नेमा उक्त जारमा ३ सय देखिएको छ । यसको अर्थ त्यहाँ दिसाजन्य पदार्थ मिसिएको छ । यसले के पुष्टि गर्छ भने यो जार कम्पनीले विना प्रशोधन बजारमा पानी बेचिरहेको छ,’ महानगरका एक अधिकारीले भने । सो कम्पनीलाई जरिबाना र कारबाही भने हुन बाँकी रहेको उनले बताए ।

यसअघि महानगरले अनुगमन गरेर फुटेको, कुच्चिएको, फोहोर जार बेच्ने कम्पनीलाई कारबाही गरेको थियो ।

यसअघि सिटी मिनरल वाटर एन्ड बेबरेज प्रालिले उत्पादन गरेको बोत्तलको पानीम किरा भेटिए पछि सो पानी बेच्ने अनामनगरको किम्ची रेस्टुरेन्ट एन्ड फास्ट फुडलाई महानगरले २ लाख जरिबाना तिराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?