+
+
WC Series
पोखरा एभेन्जर्स 2025
175/8 (20)
VS
Sudurpaschim won by 18 runs
Won सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

काठमाडौं आइपुगे ओमनका विदेशमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १७:५०

१० भदौ, काठमाडौं। ओमनका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदी सोमबार साँझ काठमाडौं आइपुगेका छन् । परराष्ट्रमन्त्री आरजु राणाको निम्तोमा मन्त्री सैयद काठमाडौं आएका हुन् ।

उनलाई परराष्ट्रसचिव सेवा लम्सालले त्रिभुवन विमानस्थलमा स्वागत गरिन् ।

सन् १९७७ देखि ओमन नेपालबीच सम्बन्ध स्थापित भए पनि नेपालमा ओमनको दुतावास छैन । दिल्लीबाटै नेपाल हेर्ने गरेको ओमनमा नेपालबाट वैदैशिक रोजगारका लागि श्रमिकहरु जाने गरेका छन् ।

मन्त्री सैयदले यस भ्रमणमा दुई देशबीचको सम्बन्ध, श्रम कुटनीति लगायत विषयमा छलफल गर्ने बताइएको छ । उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओली भेट्नेछन् । समकक्षी राणासँग उनको दुईदेशीय हितमा संवाद हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?