+
+

ड्राफ्ट र टीटीबाट सटही सुविधा लिएको १२० दिनमा वस्तु आयात गर्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३० गते १७:३२

३० असोज, काठमाडौं । वस्तु तथा सेवा आयातमा कागजी प्रक्रिया लामो हुने भएकाले तोकिएको समयमा पूरा नहुने भएपछि नेपाल राष्ट्र बैंकले असल ‘डकुमेन्ट’ पेस गर्ने समय थप गरेको छ ।

कम कागजातका आधारमा विदेशी विनिमय नियमित गर्ने फारम भरेको ४५ दिनमा असल डकुमेन्ट पेस गर्नुपर्नेमा अब भने ६० दिनमा पेस गर्दा हुने भएको छ ।

राष्ट्र बैंकले तोकेको ४५ दिनमा विविध प्रक्रिया पूरा गरेर डकुमेन्ट नआउँदा समस्या भएपछि त्यसलाई सहजीकरण गर्न ६० दिन बनाएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए ।

कपी डकुमेन्टका आधारमा विदेशी विनिमय नियमित गर्ने फारम भरेको ६० दिनमा असल डकुमेन्ट पेस नभए सोही आयातकर्तालाई पुनः कपी डकुमेन्टका आधारमा विदेशी विनिमय नियमित फारम जारी नहुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतीतपत्र (एलसी) विन ड्राफ्ट र टीटीका माध्यमबाट हुने वस्तु आयातमा सटही सुविधा प्रदान भएपछि आयात हुनुपर्ने समय थप भएको छ ।

यसअघि सटही सुविधा दिएको ९० दिनमा वस्तु आयात हुनुपर्ने व्यवस्था संशोधन गर्दै १ सय २० दिन पुर्‍याइएको हो ।

तत्काल विदेशबाट मगाउनुपर्ने विक्रेताले उधारोमा दिएको केही अत्यावश्यक सामान अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सक्ने सीमा पनि बढेको छ ।

हवाईजहाज, दूरसञ्चार र मेडिकल इक्विपमेन्टका पार्टपुर्जाहरू तत्कालै विदेशबाट मगाउनु परेको अवस्थामा र विक्रेताले उधारोमा दिएमा अब अधिकतम अमेरिकी डलर १ लाखसम्मका त्यस्ता सामान अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने भएको छ । यसअघि उक्त सीमा १० हजार डलरमात्र थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?