+
+

स्थिर र परियोजना कर्जाको स्वाप र अग्रिम भुक्तानीमा कडाइ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २३ गते १२:१४

२३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थिर ब्याजदरको कर्जा र परियोजना कर्जामा अग्रिम भुक्तानी र कर्जा स्वापमा कडाइ गरेको छ ।

बैंकहरुले स्थिर ब्याजदरमा प्रवाहित कर्जाको हकमा कर्जा प्रवाह भएको २ वर्षभित्र अग्रिम भुक्तानी वा स्वाप गर्दा यसअघि तोकिएको शुल्कमा थप १ प्रतिशत अग्रिम भुक्तानी वा कर्जा स्वाप शुल्क लिन सक्ने भएका छन् ।

त्यस्तै गे्रस अवधि प्रदान गरी प्रवाह गरेको परियोजना कर्जाको हकमा परियोजना संचालनमा आएको २ व्र्षसम्म कर्जाको अग्रिम भुक्तानी वा कर्जा स्वाप गर्दा १ प्रतिशत अतिरिक्त शुल्क लिने पाइने भएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा बैंकहरुमा कर्जा खोसाखोसको अवस्था छ । आधार दर कम हुने बैंकले आधार दर धेरै हुने बैंकको कर्जा खोस्दा कर्जाजोगाउन भन्दै बैंकरुले आधार दरमा प्रिमियम घटाएर ०.१ प्रतिशत कायम गर्न लागेका छन् ।

कर्जा खोसाखोसले बैंकिङ प्रणालीमा अस्वस्थ प्रतिस्पर्धा बढ्दा राष्ट्र बैंकले स्थिर ब्याजदरको कर्जा र परियोजना कर्जामा भने कर्जा स्वाप गर्न केही कडाइ गरेको हो ।

यस्तै बैंकहरुले लघुवित्त वित्तीय संस्थालाई प्रवाह गरेको कर्जामा एउटा संस्थालाई उक्त प्रकृतिको कर्जाको ४० प्रतिशत मात्रै थोक कर्जा प्रवाह गर्न पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?