+
+

के विश्वको सबैभन्दा ठूलो वेब सर्च कम्पनी गुगल संकटमा छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १९ गते १५:३६

१८ कात्तिक, काठमाडौं । विश्वको सबैभन्दा ठूलो वेब सर्च कम्पनी गुगल तत्काल संकटमा छैन । तर, गुगललाई टक्कर दिँदै स्थापना भएका केही कम्पनीका कारण भने निकट भविष्यमै संकट पर्न सक्ने देखिन्छ ।

अहिले नै अन्य वेब सर्ज इन्जिन कम्पनीसँग गुगलले कडा प्रतिस्पर्धा भोग्नु परिरहेको छ । सबैभन्दा ठूलो प्रतिस्पर्धी एआई कम्पनी ओपन एआईको च्याटजीपीटी हो। च्याटजीपीटीले हालै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) वेब सर्च इन्जिन लन्च गरेको छ।

गुगलको माउ कम्पनी अल्फाबेटको सबैभन्दा धेरै आम्दानी गुगल सर्च इन्जिनबाट हुन्छ । गुगलले विज्ञापनमार्फत् ठूलो आम्दानी गर्दछ । त्यसपछि अल्फाबेटको आम्दानी युट्युबबाट हुन्छ। तर गुगल सर्च इन्जिनको आम्दानी अब बाँडिन लागेको छ । एआईले पहिले नै गुगल को लागि समस्या सिर्जना गरिसकेको छ। अब च्याटजीपीटी को वेब सर्च इन्जिन आएर गुगललाई थप संकटमा पारेको छ।

गुगलको २ ट्रिलियनको सम्पत्ति जोखिममा

गुगलको माउ कम्पनी अल्फाबेटको मार्केट क्याप २.१२ ट्रिलियन डलर छ। गुगल को सुरुआत १९९८ सेप्टेम्बरमा भएको थियो। अर्थात् यो कम्पनी लगभग २६ वर्ष पुरानो छ।

ओपन एआईको मार्केट क्याप १ सय ५७ अर्ब डलर छ। यसरी हेर्दा गुगलको माउ कम्पनी अल्फाबेटको मार्केट क्याप ओपन एआईभन्दा १० गुणा बढी छ। अर्कोतर्फ ओपन एआईको स्थापना सन् २०१५ मा भएको थियो । अर्थात् यो कम्पनी करिब ९ वर्षमात्रै पुरानो हो ।

यद्यपि ओपन एआईले जनरेटिभ एआई च्याटबटको रूपमा च्याटजीपीटीलाई नोभेम्बर २०२२ मा लन्च गरेको थियो । च्याटजीपीटी अब आधिकारिक रूपमा एक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) वेब सर्च इन्जिन हो। यसले आउने समयमा गुगलको व्यवसायमा धक्का दिने देखिन्छ ।

गुगललाई करिब ९ वर्षअघि मात्रै स्थापना भएको कम्पनीबाट कडा प्रतिस्पर्धा भोग्नुपरेको छ । कम्पनीले सर्च इन्जिनमा जसरी नयाँ-नयाँ प्रयोग गरिरहेको छ, त्यसलाई हेर्दा गुगलको २ ट्रिलियनको सम्पत्ति जोखिममा परेको देखिन्छ।

अल्फाबेट लाई गुगल सर्चले सबैभन्दा धेरै आम्दानी दिन्छ। कुल कमाइमा यसको योगदान आधाभन्दा पनि बढी छ। त्यसकारण पनि प्रतिस्पर्धी कम्पनीसँग गुगलको सबैभन्दा ठूलो चिन्ता पनि आम्दानकै विषयलाई लिएर हुने देखिन्छ ।

किनकि एआई बेस्ड सर्च इन्जिनले प्रयोगकर्तालाई जुन जानकारी चाहिन्छ त्यही दिन्छ। जबकि गुगल ले त्यो विषयसँग सम्बन्धित धेरै फाइल प्रयोगकर्ताको सामने ल्याउँछ। यसरी हेर्दा उपयोगी चिजहरू खोज्नमा प्रयोगकर्ताको धेरै समय लाग्छ।

यही कारणले अब धेरै प्रयोगकर्ताहरू सर्चका लागि एआई बेस्ड प्लेटफर्मको प्रयोग गरिरहेका छन् । गुगलले पनि ‘बार्ड’ नामको एआई प्लेटफर्म लन्च गरेको थियो, तर यो च्याटजीपीटी लाई टक्कर दिन सकेन । ओपन एआईजस्ता खेलाडीहरू वेब सर्चको बजारमा प्रवेश गरेपछि यी कम्पनीहरू बीच सर्च वार देखिन सक्छ। साथै कमाइलाई लिएर पनि यी कम्पनीहरूमा होड सुरु हुने देखिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?