+
+

भौतिक शास्त्रको नोबेल पुरस्कार एआईका गडफादरलाई

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २३ गते ९:०१

२३ असोज, काठमाडौं । भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का गडफादर मानिने जेफ्री ई. हिन्टर र अमेरिकी वैज्ञानिक जोनजे होपफिल्डले पाएका छन् । उनीहरुले मेसिन लर्निङसँग सम्बन्धित प्रविधिको विकास गरेवाफत् नोबेल पुरस्कार पाएका हुन् ।

उनीहरुको विकासबाट मेसिनले मानिसको दिमागले जसरी सोच्नसक्ने र कुरा बुझ्नसक्छ । जेफ्रीले आफूले विकास गरेको एआई मानवताका लागि खतरा हुने बताएका थिए । उनले सन् २०२३ मा एआईको विरोधमा गुगलबाट राजीनामा पनि दिएका थिए ।

उनले न्यूयोर्क टाइम्समा अन्तर्वार्ता दिँदै भनेका थिए– एआईबाट ठूलो संख्यामा मानिसहरुले नोकरी गुमाउने छन् । समाजमा गलत सूचना तीव्र रुपमा फैलिने छ, जसलाई रोक्न सम्भव हुने छैन ।

एआईको विकास गरेर आफूलाई पछुतो लागेको बताउने उनै वैज्ञानिकलाई रोयल स्विडिस एकेडेमी अफ साइन्सले भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कार घोषणा गर्दै एकेडेमीले भनेको छ, यी वैज्ञानिकले विश्वलाई नयाँ तरिकाले कम्प्युटर प्रयोग गर्न सिकाएको छ ।

नोबेल पुरस्कारको राशि ९ करोड रुपैयाँभन्दा बढी हुन्छ । यो पुरस्कार दुई वैज्ञानिकले बराबर बाँड्ने छन् ।

यसअघि ७ अक्टुबरमा चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार भिक्टर एम्ब्रोस र गेरी रुवकुनलाई दिने निर्णय भएको थियो । उनीहरुलाई यो पुरस्कार माइक्रो आरएनए (राइबोक्युक्लिक एसिड)को खोजका लागि दिने निर्णय भएको हो । नोबेल पुरस्कारको घोषण यही अक्टुबर १४ तारिखसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?