 
																			रामेछाप, १९ कात्तिक : रामेछापको मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भुजेल शुक्रबार रातिदेखि बेपत्ता छन् । प्रहरीले तामाकोशी नदीमा उनको खोजतालास गरिरहेको छ ।
भुजेललाई बेपत्ता पारेको अभियोगमा मन्थली–१ का २७ वर्षीय मीनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । भुजेल बेपत्ता भएको साँझ विक उनको साथमा रहेका कारण घटनाको अनुसन्धान गर्न विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।
शुक्रबार भुजेल र विकबीच झगडा भएको स्थानीयले बताएका छन् । विकसँग बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4