+
+

दिनभर हिमपातले कर्णाली र सुदूरपश्चिमका पहाड सेताम्य (तस्वीरहरू)

हिमपातपछि हिमाली क्षेत्रको जनजीवन पनि प्रभावित भएको छ । वर्षासँगै भएको हिमपातले बालीनालीलाई भने फाइदा पुर्‍याएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २४ गते १९:३५

२४ मंसिर, काठमाडौं । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सोमबार बिहानैदेखि हिमपात भएको छ । विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा चिसो बढेसँगै हिमपात भएको हो ।

हिमपातपछि हिमाली क्षेत्रको जनजीवन पनि प्रभावित भएको छ । वर्षासँगै भएको हिमपातले बालीनालीलाई भने फाइदा पुर्‍याएको छ । आइतबारदेखि मौसममा आएको परिवर्तनपछि सोमबार बिहान हिमाली जिल्लाहरूमा हिमपात भएको हो ।

दार्चुला, अछाम, बझाङ, हुम्ला, डोटी लगायतका जिल्लामा यो वर्षको पहिलोपटक हिमपात भएको हो ।

हुम्लाको सदरमुकाम सिमकोट, नाम्खा गाउँपालिकाको उत्तरी भेग चाला, लिमी, हिल्सा, यारी लगायतका ठाउँमा हिमपात भएको हो । त्यस्तै, दार्चुलाको खण्डेश्वरी, राप्ला, घुसा लगायतका क्षेत्रमा हिमपात भएको छ ।

डोटीको बडिकेदार गाउँपालिकाका केही क्षेत्रमा पनि दिनभर हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, कोशी लगायतका क्षेत्रमा साधरणदेखि पूर्णतया बदली भएको छ ।

बाँकी प्रदेशका भू–भागमा आंशिक बदली भएको महाशाखाले जनाएको छ । त्यस्तै, मध्य र पूर्वी तराईका धेरै भू–भागमा हुस्सु र थोरै भू–भागमा कुहिरो लागेको छ ।

हेर्नुस् तस्वीरहरू:

अछामको कमलबजार नगरपालिकामा हिमपात भएपछि हिउँले सेताम्मे भएको कमलबजार क्षेत्र । तस्बिरः सुशील भण्डारी/रासस
डोटीको बडिकेदार गाउँपालिकामा हिमपात भएपछि सेताम्मे देखिएका क्षेत्र । तस्बिर : चक्र मल्ल / रासस
डोटीको बडिकेदार गाउँपालिकामा हिमपात भएपछि सेताम्मे देखिएका बस्ती । तस्बिर : चक्र मल्ल / रासस
सेताम्ये देखिएको हुम्ला सदरमुकमा सिमकोटका बस्ती । तस्बिर : दाने बोहरा / रासस
सोमबार बिहान सेताम्ये देखिएको हुम्ला सदरमुकमा सिमकोटका बस्ती । तस्बिर : दाने बोहरा / रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?