+
+
Shares

हिमपातले अलपत्र यात्रुको उद्धार

सडक अवरुद्ध हुँदा ७ वटा बस, एक जिप र करिब १० मोटरसाइकल सोही क्षेत्रमा अड्किएका थिए ।

बालाराम शेर्पाली बालाराम शेर्पाली
२०८२ चैत ७ गते १८:३६

७ चैत, रुकुमपूर्व । बागलुङ-रुकुमपूर्व सिमानामा पर्ने पातिहाल्ना क्षेत्रमा परेको हिमपातका कारण अलपत्र परेका यात्रुको उद्धार गरिएको छ । शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपातका कारण रुकुमपूर्वको भूमे गाउँपालिका-१ को पातिहाल्ना क्षेत्रमा सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा ७ वटा बस, एक जिप र करिब १० मोटरसाइकल सोही क्षेत्रमा अड्किएका थिए ।

जसका कारण यात्रुहरू चिसो र भोकसँग जुध्दै खुला आकाशमुनि बस्न बाध्य भएका थिए । उनीहरूलाई भूमे गाउँपालिकाबाट डोजर पठाएर उद्धार गरेर सुरक्षित स्थानमा सारिएको उपाध्यक्ष सविना बुढाले जानकारी दिइन् ।

यस्तै सडक खुलाउने प्रयास पनि भइरहेको उनले बताइन् ।  ‘हाम्रो डोजरले बाटो सहज बनाएर यात्रुको उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ । सडक पनि खुलाउने प्रयास भइरहेको छ,’ उनले भनिन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
बालाराम शेर्पाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?