
४ पुस, काठमाडौं । कुखुराको अन्डाको मूल्य बढ्ने भएको छ । ५ पुसदेखि लागु हुनेगरी अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँको दरले बढाएको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको हो ।
संघका अनुसार मिडियम साइज अन्डा प्रतिक्रेट ४७० रुपैयाँबाट ४८५ र ठूलो अन्डा प्रतिक्रेट ४८५ रुपैयाँबाट ५०० रुपैयाँ प्रतिक्रेट पुगेको हो ।
संघको बिहीबार बसेको बैठकले चितवनलाई आधार मानेर बिक्री मूल्य तय भएको हो ।
संघले अन्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेट सहितको प्रति पेटी १४० रुपैयाँ थप लाग्ने जनाएको छ । अब बजारमा अन्डाको मूल्य प्रतिगोटा १६ रुपैयाँ बढी पर्ने भएको छ ।
जाडो महिना लागेसँगै उत्पादनमा कमी आउने र बजारमा माग बढ्ने भएकोले अन्डाको भाउ बढेको कुखुरा तथा अन्डा व्यवसायी प्रदिप अधिकारी बताउँछन् ।
प्रतिक्रिया 4