+
+

संविधान कार्यान्वयनमा अप्ठ्यारा भेटिए विकल्प खोज्न सकिन्छ : राष्ट्रिय सभा अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ९ गते १४:३७
फाइल तस्वीर

९ पुस, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा गरिएका व्यवस्था कार्यान्वयन गर्न गम्भीर भएर लाग्नु पर्ने बताएका छन् । संविधानमा गरिएका व्यवस्था कार्यान्वयन गर्नुपर्ने ठाउँमा अपुग भएको भन्दै अन्य कुराहरू खोज्न भौँतारिन नहुने उनको भनाइ छ ।

मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा उनले संविधान कार्यान्वयन गर्ने क्रममा आउने अप्ठ्याराहरूको विकल्प भने खोज्न सकिने बताए । केही कानुन बन्न नसक्दा संघीयता कार्यान्वयन गर्न कतै न कतै असहज भएको महसुस भएको उनले बताए ।

‘संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुको सट्टा अपुग भए भनेर अरू नै चिज खोज्न हामी भौँतारिएका छौं । यो अलि गम्भीर विषय हो । पहिला संविधानमा भएका विषयहरू कार्यान्वयन गर्ने कुरामा गम्भीर बन्न सकौं । तिनलाई कार्यान्वयन गर्न जाँदा समस्या भयो भने अन्य विषय खोज्ने हो । भएका विषय कार्यान्वयन नगरिकन अन्त भड्किन थाल्यौं भने राम्रो हुँदैन,’ उनले भने ।

अध्यक्ष दाहालले प्राप्त उपलब्धिहरूको रक्षा गर्न जरुरी रहेको भन्दै ती उपलब्धिहरूको संप्रेषण राम्रोसँग नहुँदा समस्याह पैदा भइरहेको उनको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?