
३ चैत, हुम्ला। खार्पुनाथ गाउँपालिका-३ रायाँ गाउँका स्थानीयले भूमिको पुजा गरेका छन् । परम्परागत रूपमा खेतबारीमा अन्न छर्न समयमा यहाँ समुदायहरूले (भूमि) पुजा गरेका हुन् ।
प्रत्येक वर्षको चैत १ गतेका दिन भूमिको पुजाका लागि फुलहरू,प्रत्येक घरबाट जाड (छ्वाङ) भूमि देवतालाई चढाएर पुजाआजा गर्न गरेको खार्पुनाथ गाउँपालिका-३ का स्थानीय नरेन्द्र रावलले जानकारी दिए ।
चैत १ गते देखि २० खेतबारीमा अन्न छर्न समय भएकोले राम्रो दिन पारेर गाउँलेहरूले खेतबारीमा अन्न छर्न गरेको रावलले बताए ।
भूमि देवताको मुख्य डागर अर्थात (नायक) भूमिदेवताको पुजाआजा गर्न गाउँको रितिथीति बनाउने प्रचलन रहेको रावलको भनाइ छ ।
भूमि देवता जमिनको देवताका पुजा नगरे जमिनको देवता रिसाउने यहाँको किमन्दति रहेको खार्पनाथ गाउँपालिका-३ का हिरू बुढाले बताए ।
चैतको अन्नबालि लगाएपछि बालीनालीमा किरा, फटयांग्रो र बालिनालीमा रोग नलागोस भनेर भूमि देवताको पुजा गर्न गरेको बुढाले बताए। रातभर जाग्राम बस्ने मगाल,फाक,चाची,चुटकिला गाउँने वृद्वावृद्वाहरू चलन रहेको बुढाको भनाइ छ।
‘केटी, र महिलाहरू रातभर खेल्छन् । यही समयमा गाउँका रितिथीति र जग्गाको बालिनाली पशुवस्तुबाट रोक्न नोरालो चौकीदारको व्यवस्था गर्न हुन्छ’ बुढाले भने ।
युवायुवतीहरूले देउडा खेल्ने टाढाबाट आएका पाहुनालाई सम्मान सत्कार गर्न परम्परा रहेको छ। १५० घरधुरीका स्थानीयले भूमि देवताका पूजाआजा गरेका छन्।
प्रतिक्रिया 4