 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- सर्केगाड गाउँपालिका-३ का उनापानी गाउँमा आगलागी हुँदा ८ घर जलेका छन्।
- आगलागीबाट मानवीय र पशु क्षति नभएको र स्थानीय र प्रहरीको सहयोगले आगो नियन्त्रणमा आएको छ।
- घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको र प्रहरी टोली खटिएको छ।
२ असार, हुम्ला । सर्केगाड गाउँपालिका-३ को उनापानी गाउँमा आगलागी भएको छ । आगलागी हुदाँ ८ घर जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
आगलागी बाट सर्केगाड गाउँपालिका-३ का ३७ का बिर्ख रावत, ४७ वर्षकी बाटुली फडेरा, ४३ वर्षका लाल कुवार फडेरा, ४४ वर्षका पाले फडेरा, ४३ वर्षकी आशा फडेरा, २९ वर्षका बिरजन फडेरा, ४२ का धनबहादुर रावतको घर जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले जानकारी दिए ।
हालसम्म मानवीय तथा पशु चौपाय क्षति नभएको र स्थानीयवासी र प्रहरीहको सहयोगमा आगो निभाउने काम भइरहेको डिएसपी पोखरेलले बताए ।
आगलागी हुदाँ ५ वटा घरको झ्याल र ढोका फुटाई सामान निकाली थप क्षति हुनबाट बचाइएको डिएसपी पोखरेलको भनाइ छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।
आगलागी नियन्त्रणका लागि प्रहरी चौकी सर्केदेउबाट प्रहरी नायव निरीक्षक सुबिन शाहको कमाण्डमा टोली खटिएको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4