
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली फोटोग्राफर राजन काफ्लेले सेप्टेम्बर ११ देखि १६ सम्म न्यूयोर्क फेसन विकमा स्टाफ हाउस फोटोग्राफरको रुपमा तस्वीर खिचेका छन्।
- फेसन विकमा स्प्रिङ-समर २०२६ र २०२५-२०२६ फल-विन्टरका पहिरन सार्वजनिक गरिएका थिए।
- नेपाली मूलकी अमेरिकी डिजाइनर प्रबल गुरुङको डिजाइनमा इलन मस्ककी छोरी भिभियन जेन्ना विल्सनले डेब्यू गरेकी थिइन्।
न्यूयोर्क (अमेरिका) । नेपाली फोटोग्राफर राजन काफ्लेले विश्वचर्चित न्यूयोर्क फेसन विकमा ‘स्टाफ हाउस फोटोग्राफर’को रुपमा तस्वीर खिचे ।
यो फेसन शोलाई क्यामेरामा कैद गर्नु आफैंमा अविष्मरणीय र महत्वपूर्ण अवसर समेत हो । काफ्लेले यो क्षणलाई आफ्नो सपना पूरा भएको क्षणको रुपमा लिएका छन् ।
सेप्टेम्बर १० देखि १६ सम्म न्यूयोर्कमा शो आयोजना भयो । यस संस्करणमा स्प्रिङ-समर २०२६ र २०२५-२०२६ फल-विन्टरका पहिरन सार्वजनिक गरिए ।
यस संस्करणमा नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको डिजाइनमा अर्बपति इलन मस्ककी ट्रान्स-मोडल छोरी भिभियन जेन्ना विल्सनले पनि डेब्यू गरेकी थिइन् ।
वर्षेनि आयोजना हुने यो शोमा कपडा र फेसन उद्योगका लागि नयाँ सिजनको डिजाइन, रंग र शैली प्रस्तुत गर्ने गरिन्छ । एक सातासम्म चल्ने कार्यक्रममा डिजाइनरहरुले आफ्ना नयाँ संग्रह रनवेमा प्रस्तुत गर्छन्, त्यसपछि बजारमा बिक्रीका लागि ल्याइन्छ ।
तस्वीरहरूः राजन काफ्ले/न्यूयोर्क
प्रतिक्रिया 4