+
+
Shares

मौसम पूर्वानुमान : आज र भोलि देशभर पानी पर्ने सम्भावना छ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १६ गते १०:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जल तथा मौसम विज्ञान विभागले दशैंको दिन सबै प्रदेशमा पानी पर्ने र कोशी, बागमती र गण्डकीका एक-दुई ठाउँमा भारी वर्षा हुने सम्भावना औल्याएको छ।
  • महाशाखाले दशैंको राति सबै ठाउँमा मध्यम वर्षा र कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने जनाएको छ।
  • २०८२ असोज १६ देखि १८ गतेसम्म सबै प्रदेशमा बदली रहने र केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ।

१६ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दशैंको दिन सबैतिर पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले बिहान ८ बजे विशेष बुलेटिन जारी गर्दै सबै प्रदेशमा बदली हुने र त्यसमा पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पहाडी र तराईका केही ठाँउमा मेघगर्जन एवं चट्याङ सहित पानी पर्ने औल्याएको हो ।

महाशाखाले कोशी, बागमती र गण्डकीका एक/दुई ठाउँमा भारी वर्षा हुने भनेको छ ।

महाशाखाले कोशी, बागमती र गण्डकीका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना औल्याएको छ ।

दशैंको राति सबै ठाउँमा मध्यम खालको वर्षाको सम्भावना औल्याएको छ । अनि कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भारी वर्षा हुने भनेको छ । भोलि पनि त्यही अवस्था हुनेछ ।

हेर्नुहोस्– तीन दिनको मौसम पूर्वानुमान-

२०८२ असोज १६ गते (बिहीबार)

दिउँसो : सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहितमध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति : सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

२०८२ असोज १७ गते (शुक्रबार)

दिउँसो : सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश,  मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी र तराई भू-भाग एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति : सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भाग तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

२०८२ असोज १८ गते (शनिवार)

दिउँसो : सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति : कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?