
News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशनले सन् २०२५ देखि २०२७ का लागि नयाँ नेतृत्व चयन गरेको छ।
- ग्लोबल समितिको अध्यक्षमा बेल्जियम निवासी अर्जुन काफ्ले निर्वाचित भएका छन् भने उपाध्यक्षमा मित्रलाल पार्दे, राधी क्षेत्री, राजमान तामाङ र कुलराज थापा चयन भएका छन्।
- महाधिवेशनमा युरोप क्षेत्रीय समितिलाई उत्कृष्ट क्षेत्रीय समिति र इनास डेनमार्कलाई उत्कृष्ट राष्ट्रिय समिति घोषणा गर्दै प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो।
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन सम्पन्न भएको छ ।
महाधिवेशनले सन् २०२५ देखि २०२७ को कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । ग्लोबल समितिको नयाँ कार्यसमितिको अध्यक्षमा बेल्जियम निवासी अर्जुन काफ्ले निर्वाचित भएका छन् ।
उपाध्यक्षमा मित्रलाल पार्दे (पोल्याण्ड), राधी क्षेत्री (अमेरिका), राजमान तामाङ (डेनमार्क), कुलराज थापा (नेपाल) चयन भएका छन् ।
महासचिवमा प्रकाश तिवारी (आइसल्याण्ड), प्रवक्तामा आनन्दु लामा (अमेरिका), सचिवमा कृष्ण श्रेष्ठ (अमेरिका), कोषाध्यक्षमा रुपा न्यौपाने (नेपाल) र सह-कोषाध्यक्षमा कन्हैयासिंह परियार (अमेरिका) निर्वाचित भएका छन् ।
युरोप क्षेत्रीय समन्वय समितिको संयोजकमा सुनिल गुरुङ (जर्मनी), युरोप क्षेत्रीय संयोजकमा श्याम श्रेष्ठ (बेल्जियम), उत्तर अमेरिका क्षेत्रीय संयोजकमा राहुल केसी (अमेरिका) र एसिया क्षेत्रीय संयोजकमा दयाराम पाण्डेय (नेपाल) चयन भएका छन् ।
महाधिवेशनमा प्रमुख अतिथिको रुपमा संस्थापक अध्यक्ष पुष्प बरुवाल रहे भने कार्यक्रमको सभापतित्व तत्कालीन अध्यक्ष रामचन्द्र थापाले गरेका थिए । निर्वाचन समितिमा इनास ग्लोबलकी संरक्षकद्वय मीरा राणा र नीता श्रेष्ठ, तथा ग्लोबल सल्लाहकार प्रदीप बम्जन थिए ।
निर्वाचन समितिका तर्फबाट प्रदीप बम्जनले नयाँ पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । कार्यक्रममा विभिन्न पदाधिकारीले शुभकामना मन्तव्यका साथै प्रतिवेदन प्रस्तुत गरे ।
उत्तर अमेरिका क्षेत्रीय समितिका संयोजक परियारले शुभकामना मन्तव्यसहित संक्षिप्त प्रतिवेदन प्रस्तुत गरे । महासचिव राजमान तामाङले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रम सञ्चालन तथा समन्वय गरेका ग्लोबल प्रवक्ता तथा युरोप क्षेत्रीय संयोजक प्रकाश तिवारीले युरोप क्षेत्रीय समितिको प्रतिवेदन प्रस्तुत गरे । कार्यसम्पादनका आधारमा युरोप क्षेत्रीय समितिलाई उत्कृष्ट क्षेत्रीय समिति र इनास डेनमार्कलाई उत्कृष्ट राष्ट्रिय समिति घोषणा गर्दै प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो ।
संस्थाको उद्देश्यअनुरूपका विविध कार्यक्रममार्फत नेपाली भाषा, कला तथा संस्कृतिको प्रवद्र्धन र सम्वद्र्धनमा पुर्याएको योगदानको उच्च कदर गर्दै राष्ट्रिय समिति संयुक्त राज्य अमेरिकालाई प्रशंसापत्र प्रदान गरिएको छ ।
प्रतिक्रिया 4