+
+
Shares

भन्सार छलेर ल्याइएका ३१ थान आइफोन बरामद

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते ९:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलाका प्रहरी कार्यालय बुटवलले रुपन्देहीमा भन्सार छलेर ल्याइएका ३१ थान आइफोन बरामद गरेको छ।
  • बरामद गरिएका मोबाइलहरूको अनुमानित मूल्य करिब १६ लाख ६५ हजार रुपैयाँ रहेको डीएसपी इन्द्र रानाले जानकारी दिए।
  • प्रहरीले भन्सार चोरी तस्करीमार्फत ल्याइएका ९४ थान जिन्स पाइन्ट, ८४ थान कुर्ता सेट लगायतका सामान पनि बरामद गरेको छ।

२१ कात्तिक, बुटवल। भन्सार छलेर रुपन्देही ल्याइएका ३१ थान आइफोन प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बुटवलले तिलोत्तमा नगरपालिका–१५ सखुवानीस्थित सिद्धार्थ राजमार्गको सर्भिस लेनबाट ती मोबाइल बरामद गरेको हो।

बरामद गरिएका मोबाइलहरूको अनुमानित मूल्य करिब १६ लाख ६५ हजार रुपैयाँ बराबर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डीएसपी इन्द्र रानाले जानकारी दिए।

प्रहरीका अनुसार, प्रहरी टोली देखेपछि मोबाइल बोकेका व्यक्तिहरू सडकमा झोला फ्याँकेर भागेका थिए।

बरामद गरिएका सामानका सम्बन्धमा आवश्यक कागजात नभएको र कसैले सम्पर्क नगरेका कारण ती मोबाइल भैरहवा भन्सार कार्यालयमा बुझाइएको डीएसपी रानाले बताए।

त्यस्तै, प्रहरीले भन्सार चोरी तस्करीमार्फत नेपाल ल्याइएका ९४ थान जिन्स पाइन्ट, ८४ थान कुर्ता सेट, १६ थान सल, १०८ जोर मोजा, १६ थान कुर्ता, गुल मञ्जन ४८ पिस र २ बोरा केराउका रहेका छन्।

यी सबैको मूल्य करिब ९० हजार रुपैयाँबराबर हुने अनुमान गरिएको छ। भन्सार छलेर सामान ल्याउनेको खोजी भइरहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?