+
+
Shares

‘जनस्वराज’ले मान्यता नपाएपछि ‘सर्वोदय’ नाममा दल दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते १२:१९
‘सर्वाेदय’ पार्टीका अध्यक्ष दीपक कुमार साह ।

१७ मंसिर, काठमाडौं । जनमत पार्टी छोडेकाहरुले गठन गरेको ‘जनस्वराज’ पार्टीलाई अदालतले मान्यता नदिएपछि नाम परिवर्तन गरेर निर्वाचन आयोगमा दल दर्ता गरिएको छ ।

दीपक कुमार साहको नेतृत्वमा ‘सर्वाेदय’ नाम राखेर निर्वाचन आयोगमा दल दर्ता गरिएको हो ।

जनमतका उपाध्यक्ष एवं अनुशासन समिति संयोजक समेत रहेका साहलाई जनमतले अनुशासनको कारबाही गरेपछि जनस्वराज पार्टी गठन गरेका थिए ।

जनमतले कारबाही गरेका र उक्त पार्टी परित्याग गरेकाहरुले गठन गरेको दललाई मान्यता नदिन माग गर्दै जनमतका अध्यक्ष डा. सीके राउत अदालत गएका थिए । अदालतले जनस्वराजलाई मान्यता दिएन ।

अदालतले मान्यता नदिएपछि साहले पार्टीको नाम परिवर्तन गरेर निर्वाचन आयोगमा सर्वोदय पार्टीको नामबाट दल दर्ता गरेका हुन् ।

नवगठित सर्वोदय पार्टीको अध्यक्ष साह नै छन् भने चुनाव चिह्न ‘मकैको घोगा’ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?