+
+
Shares

कान्ये वेस्टले २९ मार्चमा नयाँ दिल्लीमा प्रस्तुति दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १६:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी र्‍यापर-गीतकार कान्ये वेस्टले मार्च २९ मा नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू स्टेडियममा पहिलो पटक भारतमा कन्सर्ट गर्ने भएका छन्।
  • कान्ये वेस्टले आफ्नो विश्वव्यापी कन्सर्ट श्रृंखलाको हिस्सा ‘ए लाइभ’ शीर्षकको कार्यक्रम आयोजना गर्न लागेका हुन्।
  • कार्यक्रमका टिकटहरू फेब्रुअरी १८ बेलुका ४ बजे ‘डिस्ट्रिक्ट बाई जोमाटो’ मार्फत उपलब्ध हुनेछन्।

नयाँ दिल्ली । अमेरिकी र्‍यापर-गीतकार कान्ये वेस्टले भारतमा पहिलो पटक कन्सर्ट गर्न लागेका छन् ।

‘ए लाइभ’ शीर्षकको उक्त कन्सर्ट मार्च २९ मा नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने तय भएको छ । यो कार्यक्रम उनको विश्वव्यापी कन्सर्ट श्रृंखलाको हिस्सा हो ।

उनले हालै आफ्नो नाम ‘वाई-ई’ अर्थात ‘ए’ राखेका थिए । १६ करोडभन्दा बढी रेकर्ड बिक्री गरेका चर्चित संगीत कलाकार कान्ये वेस्ट २४ वटा ग्रामी अवार्डका विजेता हुन् ।

“स्लो जाम्ज”, “कार्निभल”, “स्ट्रङगर”, “बिलिभ ह्वाइट आई से” र “बिटरस्वीटर पोएट्री’ जस्ता गीतहरूमा देखिने उनको फरक-फरक शैलीका कारण उनी संगीत क्षेत्रमा विशेष रूपमा चिनिन्छन् ।

प्रेस विज्ञप्तिअनुसार, ह्वाइट फक्स, प्लस इन्टरटेनमेन्ट र विज-क्राफ्टले आयोजना गर्न लागेको उक्त कन्सर्टले “यस क्षेत्रमा अन्तर्राष्ट्रिय सांगीतिक भ्रमणको स्तरलाई नयाँ रूपमा परिभाषित गर्ने’ बताइएको छ ।

शोको आयोजना बारे हवाइट फक्सका संस्थापक अमनले भनेका छन्, ‘यो कार्यक्रम ऐतिहासिक महसुस होस् भन्ने हाम्रो चाहना हो र त्यस्तै भइरहेको छ । एक रात, एक प्रस्तुति, पहिलो पटक । भारतले अहिलेसम्म नदेखेको सबैभन्दा ठूलो कन्सर्ट बनाउने हाम्रो लक्ष्य हो, जसमा धेरै दर्शकलाई सहभागी हुने अवसर मिलोस् ।’

कार्यक्रमका टिकटहरू फेब्रुअरी १८ बेलुका ४ बजेबाट ‘डिस्ट्रिक्ट बाई जोमाटो’ मार्फत उपलब्ध हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?