+
+
Shares

झाँक्रीको चुनाव खर्च दुई लाख ३६ हजार, विवरण आयोगलाई बुझाइन्

झाँक्री माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेबाट लुम्बिनी प्रदेशमा महिलातर्फको उम्मेदवार रहेर निर्वाचित भएकी थिइन् ।  

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १८:०९

४ फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेकी छन् । झाँक्रीले सोमबार फेसबुकमार्फत निर्वाचन खर्च विवरण सार्वजनिक गरेकी हुन् ।

झाँक्री माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेबाट लुम्बिनी प्रदेशमा महिलातर्फको उम्मेदवार रहेर निर्वाचित भएकी थिइन् ।  उम्मेदवार रहँदा कुल दुई लाख ३६ हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेकी छन् । सोही विवरण आफूले दाङस्थित निर्वाचन कार्यालयमा पेस गरेको जनाएकी छन् ।

झाँक्रीद्वारा सार्वजनिक विवरणअनुसार मतदाता नामावली खरिदमा तीन हजार, सवारी साधनमा ६० हजार, इन्धन खर्च १५ हजार, प्रचार–प्रसार सामग्रीमा पाँच हजार, गोष्ठी तथा कार्यकर्ता परिचालनमा एक लाख  २० हजार र अन्य प्रचार–प्रसार तथा छापा–विद्युतीय माध्यम पाँच हजार खर्च भएको भनिएको छ ।

यस्तै कार्यालय सञ्चालनमा १५ हजार, प्रतिनिधि परिचालनमा  १० हजार र विविध शीर्षकमा तीन हजार खर्च रकम उल्लेख छ ।

निर्वाचन आयोगले सबैजसो निर्वाचनमा उम्मेदवारले गर्ने खर्च विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?