News Summary
Generated by OK AI. Editorially reviewed.- निर्माता तथा अभिनेता जितु नेपाल आगामी फिल्म 'आइएम जीतबहादुर' को डबिङका लागि मुम्बईस्थित यशराज फिल्म्स स्टुडियोमा छन्।
- जितु नेपाल र बलिउड अभिनेता वरुण धवनले यशराज फिल्म्स स्टुडियोमा भेटघाट गरी शुभकामना आदानप्रदान गरे।
- 'आइएम जीतबहादुर' जितुको जीवनबाट प्रेरित कथा हो र यो उनको पहिलो पूर्ण लगानीमा बनेको फिल्म हो।
काठमाडौं । निर्माता तथा अभिनेता जितु नेपाल आगामी फिल्म ‘आइएम जीतबहादुर’ को स्वरांकनको लागि अहिले मुम्बईमा छन् । त्यहाँस्थित यशराज फिल्म्सको स्टुडियोमा सातादेखि डबिङ कार्य चलिरहेको छ ।
छायांकन सकिएलगत्तै मुम्बई पुगेका जितु अझै केही समय त्यहाँ रहनेछन् । आफ्नै शीर्ष भूमिका र पहिलो निर्माण रहेको फिल्म भएकाले पनि डबिङदेखि व्यवस्थापन कार्यमा उनी खट्नुपर्नेछ ।
यशराज फिल्म्सको स्टुडियो बलिउडकै ब्यस्त स्टुडियोमध्ये पर्छ । ठूला स्टार र ब्यानरका फिल्मको डबिङदेखि पोस्ट प्रोडक्सन कार्य त्यहाँ भैरहन्छ । यस्तोमा, चर्चित बलिउड कलाकार स्टुडियोमा आउने र जाने कार्य भैहाल्ने भयो ।
यस्तोमा, उक्त स्टुडियोमा सोमबार दिउँसो जितु र चर्चित बलिउड अभिनेता वरुण धवनबीच रमाइलो भेटघाट भयो । वरुण पनि त्यहाँ आगामी फिल्म ‘ए जवानी हे तो प्यारा तो होना ही हे’ को डबिङका लागि पुगेका थिए ।
त्यही स्टुडियोमा यी दुई कलाकारबीच भेट मात्र भएन, शुभकामना आदानप्रदान समेत भयो । जितुले पशुपतिनाथबाट लगेको प्रसादस्वरुप रुद्राक्षको माला लगाइदिएर वरुणलाई शुभकामना दिए ।
वरुणले पनि ‘आइएम जितबहादुर’ को लागि शुभकामना दिए । जितु र वरुणबीच चिनजान चाहिँ शुभेन्दु घोषले गराइदिएका थिए, जो हिन्दी र बंगाली सिनेमाका चर्चित निर्देशक पनि हुन् ।
‘आइएम जितबहादुर’ जितु स्वयमको जीवनबाट प्रेरित कथावस्तु रहेको बताइएको छ । एक कलाकारले गर्ने संघर्षको कथा यसमा छ । पहिलोपटक आफ्नो पूर्ण लगानीमा बनेकाले पनि जितुले यो फिल्मबाट ठूलो आशा लिएको बताएका छन् ।
प्रतिक्रिया 4