+
+
Shares

जेनजी आन्दोलन : २५ सय घाइतेमध्ये दुई सय जनाको मात्रै वर्गीकरण  

कात्तिक र मंसिरमा १८३ जना, पुसमा १६ र माघमा एक जना गरी कुल २०० जना घाइतेको वर्गीकरण भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते २१:२६

४ फागुन, काठमाडौं । जेनजी आन्दोलनका दुई सय जना घाइतेको वर्गीकरण गरिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हालसम्म दुई सय जना घाइतेको वर्गीकरण विवरण प्राप्त भएको जानकारी दिएका छन् ।

कात्तिक र मंसिरमा १८३ जना, पुसमा १६ र माघमा एक जना गरी कुल २०० जना घाइतेको वर्गीकरण भएको बुढाथोकीले बताए ।

‘जिल्ला प्रशासन कार्यालयले जेनजी प्रदर्शनका क्रममा घाइते भएको विवरण पठाउनुपर्ने हो, तर कार्यालयले पटकपटक सूचना जारी गर्दा पनि घाइते सम्पर्कमा आएनन् भनेर जानकारी दियो,’ उनले भने, ‘त्यसैले वर्गीकरणको संख्या धेरै भएन ।’

उनले सम्पर्कमा नआएपछि घाइतेको वर्गीकरण र नयाँ घाइतेको विवरण संकलन गर्ने कार्य निश्चित अवधि तोकेर अगाडि बढाइने जानकारी दिए ।

जेनजी प्रर्दशनका क्रममा धेरै जना घाइते भएपनि सामान्य घाइते भएकालाई केही सुविधा उपलब्ध नहुने भएकाले पनि सम्पर्कमा नआएको हुनसक्ने बुढाथोकीको बुझाइ छ ।

उनाकाअनुसार जेनजी प्रदर्शनका क्रममा दुई हजार ५९९ जना घाइते भएको मन्त्रालयको तथ्यांक छ । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?