१६ फागुन, काठमाडौं । गोरखाका दुवै निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टीले नेपाली कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेको छ ।
यहि फागुन २१ गते हुने निर्वाचनमा प्रलोपाले प्रत्यक्षतर्फ नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ लाई समर्थन गर्ने निर्णय गरेको हो ।
समानुपातिकतर्फ भने आफ्नै चुनाव चिन्ह ‘आँखा’मा मतदान गर्ने निर्णय गरेको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।
‘दुई पार्टीबीच मिलेर जाने समझदारी बन्यो पार्टीले त्यहिअनुसार निर्णय गर्यो,’ खत्रीले अनलाइनखबरसग भने ।
प्रलोपाको हालै सम्पन्न बैठकले गोरखामा क्षेत्रमा कांग्रेसलाईसहयोग निर्णय गरेकोप्रति नेपाली कांग्रेस गोरखाले आभार व्यक्त गरेको छ ।
यसअघि २०७४ को चुनावमा कांग्रेस गोरखासंग चुनावी तालमेल गरी डाक्टर भट्टराई गोरखा २ बाट निर्वाचित भएका थिए ।
उनले यसपटक पनि उम्मेदवारी दर्ता गरेका थिए तर पछि उम्मेदवारी फिर्ता लिए ।
प्रतिक्रिया 4