+
+
Shares

ट्रम्पले हटाए विवादास्पद ‘जिसस’ रूपको तस्वीर

पोपसँगको टकरावले अमेरिकी क्याथोलिकहरू चिन्तित

आइतबार ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा एआईद्वारा निर्मित एउटा तस्वीर पोस्ट गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १५:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई 'जिसस' का रूपमा देखाइएको विवादास्पद तस्वीर सामाजिक सञ्जालबाट हटाएका छन्।
  • धार्मिक नेताहरूले यसलाई 'ईश्वरको अपमान' भन्दै विरोध गरेपछि ट्रम्पले तस्वीर हटाएको उनले ह्वाइट हाउसमा बताए।
  • ट्रम्प र पोप लियो १४ औँबीच इरान युद्धलाई लिएर सम्बन्ध चिसिएको र क्याथोलिक मतदाताहरू ट्रम्पबाट टाढिन सक्ने सम्भावना छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई ‘जिसस’ का रूपमा प्रस्तुत गरिएको एउटा विवादास्पद तस्वीर सामाजिक सञ्जालबाट हटाएका छन् ।

धार्मिक नेताहरूले यसलाई ‘ईश्वरको अपमान’ भन्दै कडा विरोध गरेपछि ट्रम्पले सोमबार सो तस्वीर हटाएका हुन् । यस घटनाले पहिलो अमेरिकी मूलका पोप ‘लियो १४ औँ’ सँग ट्रम्पको बढ्दो टकरावलाई थप चर्काएको छ ।

आइतबार ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा एआईद्वारा निर्मित एउटा तस्वीर पोस्ट गरेका थिए । उक्त तस्वीरमा उनलाई सेतो पोसाकमा एक दैवी शक्तिको रूपमा देखाइएको थियो । एउटा हातमा चम्किलो गोला थियो भने अर्को हातले बिरामी मानिसलाई निको पारिरहेको देखिन्थ्यो ।

तस्वीरको पृष्ठभूमिमा स्ट्याच्यु अफ लिबर्टी, लडाकु विमान र अमेरिकी झण्डाका चिह्नहरू थिए । ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै आफूले आफूलाई जिससका रूपमा नभई ‘डाक्टर’का रूपमा प्रस्तुत गर्न खोजेको दाबी गरे ।

‘यसले मलाई मानिसहरूलाई निको पार्ने डाक्टरको रूपमा देखाउन खोजेको हो, र म मानिसहरूलाई साँच्चै राम्रो बनाउँछु,’ उनले भने ।

कला इतिहासका विज्ञहरूका अनुसार सो तस्वीर स्पष्ट रूपमा इसाई धर्मका कलाकृतिहरूसँग मिल्दोजुल्दो थियो । रिपब्लिकन पार्टीकै कतिपय समर्थकहरूले पनि यसको आलोचना गरेका छन् ।

रिपब्लिकन राष्ट्रिय कमिटीका युवा सल्लाहकार ब्रिलिन होलीह्यान्डले यसलाई घोर ईश-निन्दा भन्दै आस्था कुनै देखाउने वस्तु नभएको टिप्पणी गरेका छन् ।

त्यस्तै, ट्रम्प समर्थक राइली गेन्सले पनि परमेश्वरको मजाक उडाउनु नहुने भन्दै ट्रम्पमा थोरै नम्रता आवश्यक रहेको बताएका छन् ।

पछिल्लो समय इरानमा भइरहेको युद्धलाई लिएर पोप लियो र ट्रम्प प्रशासनबीच सम्बन्ध निकै चिसिएको छ । पोपले युद्धलाई ‘अमानवीय’ भन्दै कडा टिप्पणी गरेपछि ट्रम्पले पोपलाई ‘अपराध नियन्त्रणमा कमजोर र विदेश नीतिमा भयानक’ भन्दै कडा प्रहार गरेका थिए ।

इतिहासमा पहिलो पटक अमेरिकी मूलका व्यक्ति पोप बनेकोमा अमेरिकी क्याथोलिकहरू गर्व गर्छन् ।

यस्तोमा आफ्नै देशका राष्ट्रपतिले पोपमाथि गरेको अपमान र आफूलाई जिससको रूपमा गरेको चित्रणले क्याथोलिक मतदाताहरू ट्रम्पबाट टाढिन सक्ने सम्भावना बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?