News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँका नदी किनारमा सुकुमवासी बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।
- सरकारको निर्देशनअनुसार सार्वजनिकस्थल अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू भत्काउने अभियान सुरु गरिएको छ।
- थापाथलीस्थित बागमती नदी किनारका सुकुमवासी बस्ती पनि आज बिहान खाली गराइएको थियो।
१२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँका नदी किनारमा रहेका सुकुमवासी बस्तीमा धमाधम डोजर चलिरहेको छ ।
सार्वजनिकस्थल अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू तथा बस्तीहरू सरकारको निर्देशनअनुसार भत्काउने अभियान सुरु गरिएको हो । आज दिउँसोदेखि त्यहाँ बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले हाल सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थितिमा बस्तीका अस्थायी तथा स्थायी संरचनाहरू हटाउने कार्य भइरहेको जानकारी दिए ।
आजै बिहान थापाथलीस्थित बागमती नदी किनारका सुकुमवासी बस्ती खाली गराइएको थियो ।
थप तस्वीरहरू:









प्रतिक्रिया 4