२३ वैशाख, काठमाडौं । सांसदहरूको विद्युतीय हाजिरी हुने भएको छ । भोलिदेखि बायोमेट्रिक विवरण संकलन गरिँदैछ ।
संघीय संसद सचिवालयले बुधबार सूचना निकालेर विद्युतीय हाजिरी प्रयोजनका लागि बायोमेट्रिक विवरण दिन आउन सांसदहरूलाई आग्रह गरेको छ ।
बायोमेट्रिक विवरण संकलन गर्न संसदीय समितिअनुसार समय र स्थान फरक–फरक रुपमा तय गरिएको छ । जसअनुसार बायोमेट्रिक विवरण संकलन गर्दा औपचारिक तस्वीर समेत लिइने भएकोले औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाई उपस्थित हुन भनिएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरू र विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरूलाई भोलि बिहान १० बजेदेखि १२ बजेसम्म सार्वजनिक लेखा समितिको हलमा उपस्थित हुन भनिएको छ ।
अर्थ समितिका सदस्यहरू र विधायन व्यवस्थापन समितिका सदस्यहरूलाई पनि भोलि नै अर्थ समितिको हलमा आउन भनिएको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूलाई भोलि दिउँसो २ बजेदेखि ४ बजेसम्म सार्वजनिक लेखा समितिको हलमा आउन भनिएको छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्यहरूलाई भोलि दिउँसो २ बजेदेखि ४ बजेसम्म अर्थ समितिको हलमा आउन भनिएको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरू र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सदस्यहरूलाई पर्सि शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म सार्वजनिक लेखा समितिको हलमा उपस्थित हुन भनिएको छ ।
पूर्वाधार विकास समितिका सदस्यहरू र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूलाई बिहान १० बजेदेखि १२ बजेसम्म अर्थ समितिको हलमा उपस्थित हुन भनिएको छ ।
महिला तथा सामाजिक मामिला समितिका सदस्यहरूलाई पर्सि दिउँसो २ बजेदेखि ४ बजेसम्म सार्वजनिक लेखा समितिको हलमा आउन भनिएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूलाई पर्सि दिउँसो २ बजेदेखि ४ बजेसम्म अर्थ समितिको हलमा आउन भनिएको छ ।
सार्वजनिक लेखा समितिका सदस्यहरूको बायोमेट्रिक विवरण लेखा समितिकै हलमा वैशाख २८ गते बिहान १० बजेदेखि १२ बजेसम्म संकलन गरिनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूको बायोमेट्रिक विवरण अर्थ समितिको हलमा वैशाख २८ गते बिहान १० बजेदेखि १२ बजेसम्म संकलन गरिनेछ ।

प्रतिक्रिया 4