+
+
Shares

रास्वपाले काठमाडौं महानगर समिति चयनका लागि जेठ १८ गते अधिवेशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाले काठमाडौं महानगर समितिको अधिवेशन जेठ १८ गते गर्ने निर्णय गरेको छ।
  • महानगरका ३२ वडामध्ये ३१ वडाको अधिवेशन सकिएको छ र २६ नम्बर वडाको अधिवेशन बाँकी छ।
  • पार्टी केन्द्रले वडा र पालिकाको ३० प्रतिशत अधिवेशन गरेर उपल्लो तहको अधिवेशन गर्न सकिने निर्णय गरेको छ।

७ जेठ, काठमाडौं । रास्वपाले काठमाडौं महानगर समितिको अधिवेशन जेठ १८ गते गर्ने भएको छ । पार्टी गठनपछि पहिलोपटक काठमाडौं महानगरको अधिवेशन हुन लागेको हो ।

असार ७ देखि ९ गतेसम्म हुने केन्द्रीय महाधिवशेनको मिति तोकेको रास्वपाले वडा र पालिका अधिवशेनको प्रक्रिया सुरु गरिसकेको छ । काठमाडौं महानगरका ३२ वडामध्ये ३१ वटा वडाको अधिवेशन सकिएको छ । महानगरका रास्वपा संयोजक शशि पन्तका अनुसार, २६ नम्बर वडाको अधिवेशन बाँकी रहेको छ ।

महानगरका सबै वडाको अधिवेशन सकेर जेठ १८ गते महानगरको समितिका लागि अधिवशेन हुने पन्तले जानकारी गराए । पन्तले अनलाइनखबरसँग भने, ‘महानगरको अधिवेशनको मिति निश्चित गरिसकेका छौं । स्थान आज टुंगो लाग्छ ।’

पार्टी केन्द्रले वडा र पालिका तहको ३० प्रतिशत अधिवेशन गरेर पनि उपल्लो तहको अधिवेशन गर्न सकिने निर्णय गरेको छ । काठमाडौं महानगरका शतप्रतिशत वडाको अधिवेशन हुने भएको छ ।

२०७९ साउनदेखि पन्त काठमाडौं महानगरको संयोजक बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?