+
+
Shares
वार्ता :

बालेनप्रति आक्रोशित अमरेश : सरकार ‘तथाकथित’, देश महानगर चलाएजस्तो होइन

‘यहाँको तथाकथित सरकारलाई म भन्छु, बोर्डरमा जन्मेर थाहा होस् कि बोर्डरको पीडा के हो ! उहाँ मधेशको महोत्तरीको मान्छे होइन र ? मधेशले त्यत्रो पत्यार गरेको होइन ?,’ सांसद सिंहको आक्रोशमिश्रित प्रश्न छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते २२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकार बनेको डेढ महिनामै प्रधानमन्त्री बालेन शाहको शासनशैलीमाथि प्रश्न उठाएका छन्।
  • सिंहले नेपाल पाकिस्तानी मोडलको प्रजातन्त्रको बाटोमा जान लागेको र 'पुलिस स्टेट' बन्न नहुने बताएका छन्।
  • उनले अहिलेको सरकार पूर्ण कार्यकाल जान नसक्ने र मधेशको पीडामा सरकारले केही नगरेको दाबी गरेका छन्।

५ जेठ, काठमाडौं । फागुन २१ को चुनावमा बालेन शाहको प्रवक्ताको शैलीमा उत्रिएका रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकार बनेको डेढ महिनामै उनैले नेतृत्व गरेको शासनशैलीमाथि प्रश्न उठाएका छन् ।

दुई दिनअघि प्रतिनिधि सभाका अर्थमन्त्री स्वर्णिम वाग्लेको कार्यशैलीमाथि प्रश्न उठाएका सिंहले आफ्नो आक्रोश अब प्रधानमन्त्री शाहप्रति पनि सोझ्याएका हुन् । हिमालय टिभीको यक्ष प्रश्न कार्यक्रममा निमेष बन्जाडेलाई दिएको अन्तर्वार्तामा सिंहले नेपाल पाकिस्तानी मोडलको प्रजातन्त्रको बाटोमा जान लागेको संकेत समेत गरेका छन् ।

संसद् छल्ने प्रधानमन्त्री बालेन्द्र शाहको शैलीप्रति इंगित गर्दै उनले पाकिस्तानी मोडलको प्रजातन्त्रको सम्झना गरे ।

पछिल्लो समय व्यापारीहरू समातिने र छुट्ने क्रमलाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ ? यसको आर्थिक असर के कस्तो देख्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘जसरी व्यापारीहरूलाई थुनिन्छ । विधिको शासन र कानुनी प्रक्रिया नै नपुर्‍याई थुनिन्छ र भोलिपल्टै छुटिहाल्छन् । यसले गर्दा के भएको छ भने, म एकदम दाबीका साथ भन्दै छु— नेपालको अर्बौं रुपैयाँ विदेश गइसक्यो । हामी ‘पुलिस स्टेट’ बन्नु हुँदैन, हामी ‘डेमोक्रेटिक स्टेट’ बन्नुपर्छ । पाकिस्तानमा कहिल्यै पनि डेमोक्रेसी स्टेबलाइज भएन, छैन र हुँदैन पनि । किनभने, उहाँहरूले संसद्लाई कहिल्यै बलियो बन्न दिनुभएन ।’

यहाँ पनि त्यस्तै हुन खोज्दै छ कि क्या हो अब ? भन्ने प्रश्नमा अमरशेको जवाफ छ- अहिलेको परिस्थिति हेर्दाखेरि त्यो आशंकालाई किनार गर्न सकिँदैन ।

उनले अहिलेको सरकार पनि पूर्ण कार्यकाल जान नसक्ने संकेत गरे ।

‘नेपालको इतिहासमा दुई तिहाईको कुनै सरकार सफल भएको छैन । बीपीले दुई तिहाइको सरकार बनाए १६ महिनामा गयो । गिरिजाप्रसादको सरकार २०४८ मा गयो । २०५६ मा बहुमतको सरकार गयो । २०७४ समा नेकपाको सरकार बन्यो चलेन,’ उनले भने, ‘त्यसकारण हाम्रो देशको राजनीतिक अभिसप्त के छ भने बहुमत वा दुइतिहाइ आएपछि मात लाग्छ इतिहासले त्यही बताउँछ ।’

उनले संविधान र कानुनको परिधि र परम्परामा सबै बस्नुपर्ने उल्लेख गरे ।

उनले नेपालको भारत र चीनसँगको सम्बन्ध पनि खल्बलिएको दाबी गरे । यी दुई देशसँगको सम्बन्ध केपी ओलीको सरकारको पाला भन्दा बिग्रिएको उनको दाबी छ । ‘म भारतको प्रवक्ता पनि होइन बालेनको प्रवक्ता होइन । भूराजनीतिक सम्बन्ध खलबलिएको छ । केपी ओली सरकार भन्दा बढी भूराजनीतिक खल्बलियो । चीनसँगको सम्बन्ध पनि खल्बलिएको छ । अमेरिकोबारे म भन्न सक्दिनँ । ‘

सांसद सिंहले अहिलेको सरकारलाई ‘तथाकथित’ को संज्ञा पनि दिए । उनले मधेशको पीडाबारे सरकारले केही नगरेको भन्दै आक्रोश व्यक्त गरे ।

‘यहाँको तथाकथित सरकारलाई म भन्छु बोर्डरमा जन्मेर थाहा होस् कि बोर्डरको पीडा के हो ! उहाँ मधेशको महोत्तरीको मान्छे होइन र ? मधेशले त्यत्रो पत्यार गरेको होइन ?,’ सांसद सिंहको आक्रोशमिश्रित प्रश्न छ ।

उनले संसद्लाई छलेको विषयमा पनि आपत्ति जनाए । सत्ता आएपछि जे पनि गर्न पाइने छुट संविधानले नदिएको उनको भनाइ छ ।

‘आफ्नो हातमा आएपछि जे पनि गर्न पाइने छुट हाम्रो संविधानले दिँदैन । खोइ, यहाँ त नयाँ साँसदलाई लाग्या होला कि मेरै कारणले सबै जितेर आए त्यो पनि हुन सक्छ । प्रधानमन्त्रीजी र बालेनजीलाई वा उहाँहरूको टिमलाई त्यस्तो लाग्या होला । दोस्रो कुरा, महानगरको टिमले नै देश चलाउन खोजिरहनुभएको छ । तर त्यो काठमाडौं महानगर मात्र होइन, देश हो,’ सिंहले भने ।

उनले आफू मन्त्री बन्न कहिल्यै अघि नबढेको दाबी पनि गरे । आफ्ना लागि उद्योगमन्त्री बनाउने प्रस्ताव आएकोबारे उनले खण्डन गरे । उनले त्यो मन्त्रालय मधेशीहरूको राजनीति सक्नका लागि इतिहासदेखि नै प्रयोग गरिँदै आएको दाबी गरे ।

‘नेपाली सत्ताले बीपी कोइरालादेखि बालेनसम्म मधेशी दलाल हुन्छन् भनेर मधेशी नेताहरूलाई नै जहिल्यै उद्योगमन्त्री बनाए । जो यसअघि उद्योगमन्त्री बने तीनको राजनीति सकियो,’ सिंहले उदाहरण दिँदै भने, ‘उद्योग वाणिज्यमन्त्रीलाई भारतीय फस्ट सेक्रेटेरी चलाइदिन्छ । अनि हरेक मधेशी इन्डियनको दलाल हुन्छ । म त दालल होइन ।’

उनले अहिले सुकुमवासी बस्ती हटाउने सरकारको कार्यप्रति पनि आपत्ति जनाए । पहिले बनाउने त्यसपछि भत्काउने गर्नुपर्नेमा उल्टो काम भएको उल्लेख गरे । ‘तर भत्काएपछि बन्दैन । बनेपाको होल्डिङ सेन्टर पनि बिजोग छ ।’

उनले आउँदो स्थानीय तहको चुनावसम्म संविधान नै रहन्छ कि रहन्न भन्ने समेत आशंका गरे ।

‘यही संविधान रह्यो भने आउँदो स्थानीय तह चुनाव हुन्छ । समस्या संविधानमा देखाउन खोजिएको छ तर समसया यहाँ नीतिमा छैन नियतमा छ,’ उनले भनेका छन् ।

पूरा अन्तर्वार्ताको भिडियो–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?