News Summary
Generated by OK AI. Editorially reviewed.- महोत्तरीको जलेश्वरमा रास्वपा सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन्।
- सिंहले सरकारी कार्यालय प्रमुखसँग छलफल गर्दा कार्यकर्ताले 'अमरेश सिंह मुर्दावाद' नाराबाजी गरेका थिए।
- प्रदर्शनकारीलाई बैठक कक्षमा प्रवेश गर्न प्रहरीले रोकेको छ र स्थानीय रास्वपाका कार्यकर्ता प्रकाश पाठक विरोधमा छन्।
३० चैत, जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरमा रास्वपा सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले प्रर्दशन गरेका छन् । सोमबार सिंह जलेश्वरस्थित प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत अन्य सरकारी कार्यालयको प्रमुखसँग प्रशासन कार्यालयमा छलफल गरिरहेको बेला उनीविरुद्ध कार्यकर्ताहरुले नाराबाजी गरेका हुन् ।
स्थानीय नेता कार्यकर्तासँग कुनै समन्वय नगरी सरकारी कार्यालयका प्रमुखहरूसँग छलफल गरेको भन्दै उनीहरू रुष्ट बनेका हुन् । उनीहरूले ‘अमरेश सिंह मुर्दावाद’ लगायतको नारा लगाएका थिए । बैठक कक्षमै प्रवेश गर्न खोजेका नेता कार्यकर्तालाई भने प्रहरीले रोकेको छ ।
रास्वपाका स्थानीय कार्यकर्ता प्रकाश पाठक लगायत स्थानीय रास्वपाका कार्यकर्ताहरु विरोध प्रदर्शनमा रहेका थिए । सिंह सर्लाही-४ का निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । जलेश्वर महोत्तरी क्षेत्र नं. ३ पर्छ । यहाँबाट रास्वपाका उज्वल झा निर्वाचित छन् ।
प्रतिक्रिया 4