फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको टीकापुरमा तालिमका क्रममा बेहोस भएका ८ मध्ये ६ जनालाई उपचारका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइँदै छ।
- सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले ६ जनालाई पौन २ बजे काठमाडौं ल्याउँदै गरिएको बताए।
- बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्।
८ जेठ, काठमाडौं । कैलालीको टीकापुरमा तालिम गर्दा बेहोस भएकामध्ये ६ जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै छ ।
नेपाली सेनाको स्काई ट्रकमार्फत ६ जनालाई पौन २ बजे काठमाडौं ल्याउँदै गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । यसअघि उनीहरूलाई कैलालीबाट सुर्खेत लगिएको थियो ।
टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औधोगिक तालिम शिक्षालयमा तालिमको क्रममा उनीहरू बेहोस भएको सशस्त्र प्रहरीले बताएको छ ।
तालिम गर्दा ८ जना बेहोस भएका थिए । बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।
उनीहरूमध्ये ६ जनालाई काठमाडौं ल्याउँदै गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4