+
+
Shares

समुदायकै कान्छा आरोहीले सगरमाथामा फहराए खालिङहरूको झण्डा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १७:५९

७ जेठ, काठमाडौं । खालिङ राई समुदायका कान्छा आरोही मिलन राईले किरात खालिङ राई उत्थान संघको झण्डा सगरमाथामा फहराएका छन् ।

किरात खालिङ राई उत्थान संघ खालिङ राईहरूको छाता संगठन हो ।  मिलनले यही मे २१ को बिहान ३ बजे सगरमाथाको चुचुरोमा पाइला राखेका थिए । उनको यो दोस्रो सगरमाथा आरोहण हो ।

आफू पनि खालिङ राईका भएकाले सगरमाथाको शिखरमा खालिङ राईहरूको संस्थाको झण्डा पुर्‍याएको उनले बताए ।

। ‘म खालिङ राई परिवारमा नै जन्मिएँ । त्यसैले आफ्नो संस्थाको झण्डा चोमोलुङमाको शिखरमा पुर्‍याएर फहराउनु पाउँदा मलाई एकदमै खुसी लागेको छ’, आरोहणपश्चात राईले भने ‘हाम्रो समुदायलाई थोरै भए पनि चोमोलुङमाको शिखरबाट चिनाउन पाएँ ।’

उनी किरात खालिङ राई उत्थान संघको विद्यार्थी विभागका सह–सचिव समेत रहेका छन् । सन् २०२३ देखि हिमाल आरोहण सुरु गरेका राईले सानै उमेरमा सगरमाथासहित मेरा पिक, हिमलुङ, आमाडब्ल्म, आइसल्याण्ड लगायतको सफल आरोहण गरिसकेका छन् ।

त्यसैगरी किरात खालिङ राई उत्थान संघले पनि आफ्नो झण्डा सगरमाथाको शिखरमा पुगेकोमा खुसी व्यक्त गरेको छ । संघका अध्यक्ष बल बहादुर राईले प्रथम पटक संघको झण्डा सगरमाथाको चुचुरोमा फहराउनु गर्वको विषय भएका बताए ।

‘हाम्रो समुदायका सबैभन्दा कान्छा आरोही मिलन राईले संस्थाको झण्डा चोमोलुङमाको शिखरमा पुर्‍याएर फहराउनुभयो । यो हाम्रो लागि एकदमै गौरवको कुरा हो’, राईले भने ‘तीन चुला, चिन्डो र धनुकाँडको प्रतीक रहेको हाम्रो झण्डा चोमोलुङमाको शिखरमा फहराउँदा सिंगै समुदायले गर्वको अनुभुत गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?