+
+
Shares
कांग्रेस विवाद :

इतर पक्षको गण्डकी भेलाले भन्यो- जेठ १५ भित्र समस्या समाधान नभए महासमिति बैठक

‘आफूभित्रको सामान्य समस्या समाधान गर्न नसक्नेले कसरी मुलुकका समस्या समाधान गर्दछ भन्ने धारणा बनेको छ’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ९ गते १९:२३

९ जेठ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको गण्डकी प्रदेश स्तरीय भेलाले जेठ १५ भित्र पार्टीभित्रका समस्या समाधान गर्न आग्रह गरेको छ । शनिबार सम्पन्न भेलाले जेठ १५ भित्र पनि पार्टीभित्रका समस्या समाधान नभए महासमिति बैठकको आह्वान गर्ने निर्णय गरेको हो ।

भेलाले गरेको ९ बुँदे निर्णयमा मुलुक विषय परिस्थितिमा रहेको उल्लेख गर्दै कांग्रेसभित्र निरन्तर द्वन्द्व हुनुले पाका र युवा नेताहरूको क्षमतामा प्रश्न उठेको भनिएको छ । ‘आफूभित्रको सामान्य समस्या समाधान गर्न नसक्नेले कसरी मुलुकका समस्या समाधान गर्दछ भन्ने धारणा बनेको छ,’ निर्णयमा भनिएको छ । नेताहरूबीच घनिभूत संवाद गरी एकता सन्देश दिन विलम्व नगर्न सभापति गगन थापा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालालाई आग्रह गर्ने निर्णयमा उल्लेख छ ।

‘२०८३ साल जेठ १५ गतेसम्म नेताहरूले निकास ननिकालेमा महासमितिको बैठक बसी समाधान निकाल्न आह्वान गर्ने निर्णय गरिन्छ,’ भेलाको निर्णयमा भनिएको छ ।

यस्ता छन् भेलाका ९ निर्णय : 

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?