News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको ७८ वर्षको उमेरमा निधन भएको छ ।
- बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा पोखरेलको निधन भएको हो ।
- उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।
२९ असार, काठमाडौं । पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ । ७८ वर्षीय पोखरेलको बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
पोखरेलको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।
पोखरेल २०५५ साल वैशाखदेखि २०५७ साल कात्तिकसम्म गृह मन्त्रालयको सचिव थिए ।
पोखरेलका एक छोरा र तीन छोरी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4