+
+
Shares

नुहाउने क्रममा नहरमा डुबेर बेपत्ता भएका बालकको शव फेला

सप्तरीको कञ्चनरूप नगरपालिका–८ कञ्चनपुरस्थित चन्द्र नहरमा नुहाउने क्रममा बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १५:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको कञ्चनरूप नगरपालिका–८ स्थित चन्द्र नहरमा नुहाउने क्रममा बेपत्ता भएका १० वर्षीय पंकज प्रमाणीको शव फेला परेको छ।
  • आइतबार साँझ नहरमा डुबेर बेपत्ता भएका बालकको शव घटनास्थलबाट ७५ मिटर दक्षिणतर्फ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
  • मृतक बालकको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।

२९ असार, सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–८ कञ्चनपुरस्थित चन्द्र नहरमा नुहाउने क्रममा बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन्।

सप्तरी प्रहरीका अनुसार गत आइतबार साँझ करिब ५ बजे कञ्चनरूप–८ निवासी रविन्द्र प्रमाणीका १० वर्षीय छोरा पंकज प्रमाणी साथीहरूसँग नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।

घटनाबारे परिवारजनले विपद् व्यवस्थापन बेस भारदहलाई जानकारी गरेपछि सशस्त्र प्रहरी निरीक्षक महेशकुमार कार्की नेतृत्वको उद्धार टोली खोजीका लागि खटेको थियो । बेपत्ता बालकको खोजीका लागि चन्द्र नहरको पानी बन्द गरिएको थियो ।

खोजीका क्रममा  बालक नुहाएको स्थानभन्दा करिब ७५ मिटर दक्षिणतर्फ उनको शव फेला परेको कार्कीले बताए ।

मृतक बालककाे शवलाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पठाएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?